डोल्पामा प्रभावकारी बन्दै कृषि बीमा
डोल्पा, १७ मंसिर । हिमाली जिल्ला डोल्पामा कृषि जोखिम बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिखर इन्स्योरेन्स कम्पनीले डोल्पामा नेपालकै कान्छो शाखा बिस्तार गरेर कृषि बीमा कार्यक्रम लागू गरेपछि कृषक धमाधम कृषि व्यवसायको बीमा गर्न थालेका छन् ।
जिल्लामै पहिलोपटक लागू भएको उक्त कृषि बीमा कार्यक्रमका कारण कृषकले आफूले सञ्चालन गरेको कृषि व्यवसाय ढुक्क भएर सञ्चालन गर्न पाइएको ठुलीभेरी नगरपालिका– ८ डाँगीबाडाका गोकुलबहादुर डाँगीले बताउनुभयो । उहाँले ३५० बोट स्याउको बीमा गर्नुभएको छ ।
त्रिपुरा सुन्दरी नगरपालिका जिउँ गाउँका रञ्जीत बोहोरा कृषि बीमा कार्यक्रमका कारण कृषक लाभान्वित भएको बताउनुहुन्छ । उहाँले ३०० बोट स्याउको बीमा गर्नुभएको छ । अघिल्लो वर्ष हावाहुरी र असिनाले नोक्सान पारेको स्याउको बोटको समेत बीमा रकम पाएको उहाँले बताउनुभयो । “प्राकृतिक विपत्तिले क्षति पु¥याएपछि व्यवसाय ठप्प हुने हो कि भन्ने डर हुन्थ्यो, अहिले बीमा कार्यक्रम आएपछि ढुक्क भएर व्यवसाय गर्न पाएका छौँ,”– उहाँले भन्नुभयो ।
कृषि बीमा कार्यक्रम लागू भएको थोरै समय भित्रै ठुलीभेरी नगरपालिका र त्रिपुरा सुन्दरी नगरपालिकाका झण्डै ७५ जना कृषकले बीमा गरिसकेका छन् भने दुई हजार ५६८ स्याउका बिरुवाको बीमा गरिएको शिखर इन्स्योरेन्स डोल्पा शाखाका संयोजक क्षेत्र विक्रम शाहीले बताउनुभयो । निकट भविश्यमा जिल्लाका आठवटै स्थानीय तहमा बीमा कार्यक्रम लागू हुने उहाँले बताउनुभयो ।
कृषि बीमा कार्यक्रमअन्तर्गत कृषकले गरेको बीमाका आधारमा गत वर्ष स्याउमा खडेरी, असिना र हावाहुरीले पु¥याएको क्षतिका आधारमा कृषकलाई रु पाँच लाख छ हजार वितरण गरिएकोसमेत शिखर इन्स्योरेन्स डोल्पा शाखाका बजार प्रबन्धक तीलक शाहीले बताउनुभयो । निकट भविश्यमा पशु बीमा शुरु हुने बताइएको छ । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











