गौचन हत्याकाण्डमा नयाँ मोडः घैंटेको साढे २ करोड लगानी फिर्ता नगर्दा समिरमानले गरे हत्या
काठमाडौं, १७ मंसिर । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या घटनाले नयाँ मोड लिएको छ । गौचन हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेत पक्राउ परेसँगै घटनाले नयाँ मोड लिएको हो । गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकम विवादमा बस्नेतले उनको हत्या गरेको प्रहरीेको रिपोर्टमा उल्लेख छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शनिवार चितवनबाट पक्राउ परेका समीरमानलाई आईतबार सार्वजनिक गरेको थियो । मृतक गौचनले आफ्नो डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनेर गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार घैंटेमार्फत साढे २ करोड लिएका थिए । जसमध्ये एक करोड समीरमानको भएको दाबी छ । तर, घैंटे ३ भदौ ०७२ मा प्रहरी कारबाहीमा मारिए ।
घैंटेको मृत्युपछि समीरमानले शरद गौचनसँग साढे २ करोड माग गरेका थिए । र, रकम फिर्ता गर्न वा शेयर दिन पटक-पटक आग्रह गर्दै आएको प्रहरी रिपोर्टमा उल्लेख छ । गौचनले यो नमानेपछि उनीहरुबीच विवाद भयो ।समीरमानले वीरगञ्ज विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिसन वापत २ प्रतिशत रकम पनि मागेका थिए । तर, गौचनले नदिएकाले समीरमानकै योजनामा उनको हत्या भएको खुलेको छ ।
प्रहरीले घटनामा संलग्न ७ जनालाई यसअघि नै पक्राउ गरे पनि मुख्य योजनाकार भनिएका बस्नेतसहित ८ जना फरार रहेका थिए । बस्नेत भारतमा लुकेर बस्दै आएकोमा केही दिन अघि नेपाल प्रवेश गरेको विशेष सुराकीको आधारमा केन्द्रीय अनुसन्धान व्युरोका डिआइजी पुष्कर कार्कीले खटाएको टोलीले चितवनको नारायणघाटबाट पक्राउ गरेको हो । काठमाडौँ–१३ स्थायी घर भएका वस्न्यात पछिल्लो छ महिनादेखि नेपालबाहिर लुक्दै आएका थिए ।
यसअघि नेपाल प्रहरीले मुख्य सुटरसहित ५ जनालाई हत्याकाण्डको ३७ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको थियो । मुख्य सुटर नुवाकोट पञ्चकन्या गाउँपालिका ४ घर भएका २१ वर्षीय राजीव स्याङ्तान, हतियार र मोटरसाइकलको व्यवस्थापन गर्ने पर्सा कालिकामाई गाउँपालिका १ घर भएका शिवजी महतो, हतियार व्यवस्थापन गर्ने काममा खटिएका विहार भारतका मुकेशकुमार पाण्डे, मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरी गाउँपालिका ५ का सन्तोष गुरुङ र सहयोगी भूमिका निर्वाह गरेका काठमाडौं नागार्जुन नगरपालिका ४ का प्रकाश बुढाथोकी पक्राउ परेका थिए ।
बुटवलमा नेकपा एमालेको युवा संगठन युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि यही समूह सक्रिय रहेको प्रहरीको दावी छ। त्यस्तै गुन्डा नाइके दावा लामामाथि गुहेश्वरी फाँटमा रहेको दिव्य पार्टी प्यालेसमा गोली प्रहारमा पनि यिनीहरुकै संलग्नता रहेको प्रहरीले जनाएको छ। बस्नेतले स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए।
http://news-nepal.com/689736-2/
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












