गौचन हत्याकाण्डमा नयाँ मोडः घैंटेको साढे २ करोड लगानी फिर्ता नगर्दा समिरमानले गरे हत्या
काठमाडौं, १७ मंसिर । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या घटनाले नयाँ मोड लिएको छ । गौचन हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेत पक्राउ परेसँगै घटनाले नयाँ मोड लिएको हो । गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकम विवादमा बस्नेतले उनको हत्या गरेको प्रहरीेको रिपोर्टमा उल्लेख छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शनिवार चितवनबाट पक्राउ परेका समीरमानलाई आईतबार सार्वजनिक गरेको थियो । मृतक गौचनले आफ्नो डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनेर गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार घैंटेमार्फत साढे २ करोड लिएका थिए । जसमध्ये एक करोड समीरमानको भएको दाबी छ । तर, घैंटे ३ भदौ ०७२ मा प्रहरी कारबाहीमा मारिए ।
घैंटेको मृत्युपछि समीरमानले शरद गौचनसँग साढे २ करोड माग गरेका थिए । र, रकम फिर्ता गर्न वा शेयर दिन पटक-पटक आग्रह गर्दै आएको प्रहरी रिपोर्टमा उल्लेख छ । गौचनले यो नमानेपछि उनीहरुबीच विवाद भयो ।समीरमानले वीरगञ्ज विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिसन वापत २ प्रतिशत रकम पनि मागेका थिए । तर, गौचनले नदिएकाले समीरमानकै योजनामा उनको हत्या भएको खुलेको छ ।
प्रहरीले घटनामा संलग्न ७ जनालाई यसअघि नै पक्राउ गरे पनि मुख्य योजनाकार भनिएका बस्नेतसहित ८ जना फरार रहेका थिए । बस्नेत भारतमा लुकेर बस्दै आएकोमा केही दिन अघि नेपाल प्रवेश गरेको विशेष सुराकीको आधारमा केन्द्रीय अनुसन्धान व्युरोका डिआइजी पुष्कर कार्कीले खटाएको टोलीले चितवनको नारायणघाटबाट पक्राउ गरेको हो । काठमाडौँ–१३ स्थायी घर भएका वस्न्यात पछिल्लो छ महिनादेखि नेपालबाहिर लुक्दै आएका थिए ।
यसअघि नेपाल प्रहरीले मुख्य सुटरसहित ५ जनालाई हत्याकाण्डको ३७ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको थियो । मुख्य सुटर नुवाकोट पञ्चकन्या गाउँपालिका ४ घर भएका २१ वर्षीय राजीव स्याङ्तान, हतियार र मोटरसाइकलको व्यवस्थापन गर्ने पर्सा कालिकामाई गाउँपालिका १ घर भएका शिवजी महतो, हतियार व्यवस्थापन गर्ने काममा खटिएका विहार भारतका मुकेशकुमार पाण्डे, मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरी गाउँपालिका ५ का सन्तोष गुरुङ र सहयोगी भूमिका निर्वाह गरेका काठमाडौं नागार्जुन नगरपालिका ४ का प्रकाश बुढाथोकी पक्राउ परेका थिए ।
बुटवलमा नेकपा एमालेको युवा संगठन युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि यही समूह सक्रिय रहेको प्रहरीको दावी छ। त्यस्तै गुन्डा नाइके दावा लामामाथि गुहेश्वरी फाँटमा रहेको दिव्य पार्टी प्यालेसमा गोली प्रहारमा पनि यिनीहरुकै संलग्नता रहेको प्रहरीले जनाएको छ। बस्नेतले स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए।
http://news-nepal.com/689736-2/
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...












