दाङमा चुनावी प्रचारप्रसार तीव्र
दाङ, १७ मंसिर । दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी दलहरुले चुनावी प्रचारप्रसार तीव्र पारेका छन् । दलहरु गाउँदेखि बजार क्षेत्रमा चुनावी सभा र घरदैलो गरेर मतदातासँग आ–आफ्नो पक्षमा मत मागिरहेका छन् । क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका राजु खनाल र वाम गठबन्धनबाट माओवादी केन्द्रका कृष्णबहादुर महरा चुवानी मैदानमा हुनुहुन्छ । यस क्षेत्रमा महरा र खनालबीचमा नै प्रतिष्पर्धा हुने देखिन्छ ।
महरा आफूले यस क्षेत्रको विकासका लागि सांसद र सरकारमा रहँदा धेरै काम गरेकाले आफ्नो जीत सुनिश्चित भएको बताउनुहुन्छ । काँग्रेसका उम्मेदवार खनाल यसअघि निर्वाचित हुनुभएको थियो । दुवैजनाको एजेण्डामा दाङलाई ५ नं प्रदेशको राजधानी बनाउने रहेको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मंगोल नेशनल अर्गनाइजेसनका दीलमाया बुचा, राष्ट्रिय जनमुक्तिपार्टीबाट ठाकुर रोका, राष्ट्रिय जनमोर्चाबाट गणेशप्रसाद आचार्य, नेकपा मालेबाट भोजबहादुर विश्वकर्मा, नयाँ शक्ति पार्टीबाट गगन शाह, संघीय खुम्बुवान लोकतान्त्रिकबाट टेकमान बुढा र स्वतन्त्रबाट बालाराम पौडेल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
क्षेत्र नं २ प्रदेश ‘क’ बाट काँग्रसका कमलकिशोर घिमिरे र वाम गठबन्धनका शंकर पोख्रेल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । पोख्रेललाई गठबन्धनले ५ नं प्रदेशको मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ । प्रदेश ‘क’ मै सोही क्षेत्रबाट नयाँ शक्ति पार्टीबाट पदमा बानियाँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट आशा नेपाली, राजमोबा खडानन्द खनाल, संघीय खुम्बुवानका बमबहादुर बुढा, नेकपा मालेका कपिलदेव पोख्रेल, स्वतन्त्रबाट सोमराज रैदास र विश्वनाथ ज्ञवाली चुनावी मैदानमा हुनुहुन्छ ।
क्षेत्र नं २ प्रदेश ‘ख’ बाट काँग्रेसका भरतबहादुर न्यौपाने र वाम गठबन्धनका अम्मरबहादुर डाँगी, जनमुक्ति पार्टीबाट शालिकराम नेपाली, राजमोका टीकाबहादुर विक, संघीय खुम्बुवान पार्टीका बुद्धिमान चौधरी, मालेका जीतबहादुर नेपाली, देशभक्त गणतान्त्रिक मोर्चाका रामजी थारु, नयाँ शक्ति पार्टीका कृष्णप्रसाद चौधरी र स्वतन्त्रबाट सीताराम रेग्मी चुनावी मैदानमा हुनुहुन्छ । क्षेत्र नं २ मा कूल ४८ वटा मतदानस्थल, १२८ वटा मतदान केन्द्र र एक लाख आठ हजार ८७० जना मतदाता रहेका छन् ।
क्षेत्र नं ३ मा प्रतिनिधिसभातर्फ काँग्रेसका नेता दीपक गिरी र वाम गठबन्धनका हीराचन्द्र केसी चुनावी मैदानमा हुनुहुन्छ । काँग्रेस उम्मेदवार गिरी आफूले पश्चिम दाङको विकास सांसद र मन्त्री हुँदा गरेकाले जनताले यसपटक आफ्नो अमूल्य मत दिएर निर्वाचित गराउनेमा ढुक्क रहेको बताउनुहुन्छ । वाम गठबन्धनका केसी साझा उम्मेदवार भएको र यस क्षेत्रका जनता सँगसँगै रहेर काम गरिरहेकाले आफ्नो जित सुनिश्चत भएको बताउनुहुन्छ ।
सो क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका कमला जिसी, संघीय खुम्बुवानका शेरबहादुर आले, देशभक्त जनगणतान्त्रिक मोर्चाका हीरामणि पौडेल, मालेका हीमलाल चौधरी, नयाँ शक्तिका हरिप्रसाद रिज, बालकृष्ण शर्मा र यादव भण्डारी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
क्षेत्र नं ३ प्रदेश ‘ख’ मा काँग्रेसका नेता एवं श्रमराज्यमन्त्री डिल्लीबहादुर चौधरी र वाम गठबन्धनका जगप्रसाद शर्मा चुनावी मैदानमा हुनुहुन्छ । नयाँ शक्ति पार्टीका नेत्रलाल भट्टराई, राप्रपा प्रजातान्त्रिकका प्रेम शाह, राजमोबाट भरत भण्डारी, मालेबाट शालिकराम चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट लीला पहाडी र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीकी सन्तोषी कुँवर योगी चुनावी मैदानमा हुनुहुन्छ ।
प्रदेश ‘ख’ मा काँग्रेसका बुद्धिराम भण्डारी र एमाले एमालेका उत्तरकुमार ओली चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । भण्डारी पूर्वसांसद हुनुहुन्छ भने ओली युवा नेताका रुपमा चिनिनुहुन्छ । उहाँ संविधानसभाको निर्वाचनमा काँग्रेसका दीपक गिरीसँग पराजित हुनुभएको थियो । सो क्षेत्रमा राजमोबाट देवबहादुर कामी, मालेका टोपबहादुर डाँगी, राजमोबाट धनराज विश्वकर्मा, नयाँ शक्ति पार्टीबाट रुद्रबहादुर केसी र स्वतन्त्रबाट लीलाधर खड्का चुनावी मैदानमा हुनुहुन्छ ।
जिल्लामा मुख्य गरी काँग्रेस र एवाम गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नं ३ मा ५३ वटा मतदानस्थल, १३७ वटा मतदान केन्द्र र एक लाख १८ हजार ९८७ मतदाता रहेका छन् । जिल्लाभर १५१ वटा मतदानस्थल, ३९४ वटा मतदान केन्द्र र तीन लाख ३८ हजार ९५३ मतदाता रहेका छन् । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











