काठमाडौँ ७ मा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिष्पर्धा
काठमाडौँ, १७ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने स्थिति देखापरेको छ । यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा दुबै गठबन्धनका उम्मेदवार तटस्थ मतदातालाई आफ्नो पक्षमा ल्याउन घरदैलो र चुनावी सभामा सक्रिय छन् ।
वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि रामवीर मानन्धर, प्रदेश (क) मा वसन्त मानन्धर र प्रदेश (ख) मा प्रकाश श्रेष्ठ हुनुहुन्छ । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका लागि राप्रपाका केन्द्रीय सदस्य विक्रमबहादुर थापा चुनावी मैदानमा हुनुहुन्छ । उहाँ महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेवारीमा पनि हुनुहुन्छ । प्रदेशसभाका दुबै उम्मेदवारमा नेपाली काँग्रेसका तर्फबाट क्रमशः विजयबहादुर माली र धर्मराज अर्याल हुनुहुन्छ ।
प्रतिनिधिसभामा विभिन्न दल तथा स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दिएका छन् । कम्युनिष्ट आन्दोलनका विशिष्ट नेता निर्मल लामाको सपना साकार पार्न भन्दै उहाँका छोरा निमा फिन्जो लामाले कलम चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएपछि यस निर्वाचन क्षेत्रको चुनावी माहोलमा रौनकता थपिएको छ । सोही क्षेत्रमा विसं २०७० बाट निवार्चित हुनुभएका मानन्धर जनतामा भिजेका नेता हुन् ।
उम्मेदवारहरुले मतदातालाई विभिन्न अवसर उपलब्ध गराउने आश्वासन दिने मात्र हैन खानेपानी, ढल व्यवस्थापनजस्ता स्थानीय पूर्वाधार विकास विषयलाई पहिलो प्राथमिकतामा राखेको बताइआएका छन् । काठमाडौँ महानगरपालिका १६, १७, १८ र २५ वडा, तारकेश्वर नगरपालिकाका ३, ४ र ५ वडा तथा नागार्जुन नगरपालिकाका १,२ र ३ वडा यस क्षेत्रमा कायम गरिएको छ । यहाँ ५७ हजार ५८८ मतदाता रहेका छन ।
ग्रामीण भागमा करिब चार हजार भूकम्प प्रभावितलाई सरकारले दिने भनेको रु तीन लाख उपलब्ध गराउने प्रतिवद्धता पनि उम्मेदवारहरुले जनाइरहेका छन् । यहाँ यिनै भूकम्पपीडित जनता निर्णायक हुन सक्ने भएकाले नेताहरु उनीहरुको विश्वास जित्न लागिपरेका छन् । उम्मेदवारले तटस्थ मतदातालाई आफ्नो पक्षमा पार्न हरियाली पार्क, खेल मैदान निर्माण, स्थानीय नागिनी खोलादेखि लोलांग पिपलबोटसम्म ढलान, आठ माइल डाँडागाउँलाई पर्यटकीय स्थल बनाउने लगायतका प्रतिवद्धता जनाइरहेका छन् ।
निर्वाचनमा मतदातालाई फकाउने र विजय भएपछि फर्केर नआउने उम्मेदवारको विकल्प खोज्न यहाँका मतदाता लागिपरेका छन् । स्थानीय तहका १० वडामध्ये छवटामा नेकपा (एमाले) र बाँकीमा नेपाली काँग्रेस विजय भएको थियो र यो निर्वाचनको मत परिणाम पनि यही समीकरणले निर्धारण गर्ने अनुमान कतिपयको छ ।
महानगरपालिकाभित्र नेवार समुदायको बढी घनत्व रहेको छ । दुबैतर्फका उम्मेदवार जातीय मत आफूतिर तान्ने होडमा लागेको देखिन्छ । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











