मनास्लुबाट लमजुङ हुँदै बाहिरिने पर्यटक बढे
लमजुङ, १८ मंसिर । लमजुङ–गोरखा सिमानामा पर्ने मनास्लु आरोहण गरेर लमजुङबाट बाहिरिने पर्यटकको संख्यामा वृद्धि भएको छ । मनास्लु आरोहणको लागि गोर्खाबाट प्रवेश गरेका पर्यटक लमजुङबाट बाहिरिनेको संख्यामा वृद्धि भएको हो । आठ हजार १६३ मिटरको उचाइमा रहेको मनास्लु आरोहण गर्नेमध्ये अधिकांश पर्यटक थोरङला पास गर्न जाने गर्दछन् । तर पछिल्ला वर्षमा थोरङला पास नगरी मनाङको धारापानीबाटै लमजुङ भएर बाहिरिनेको संख्यामा वृद्धि भएको पर्यटन सूचना केन्द्र खुदीका कर्मचारी वासुदेव न्यौपानेले बताउनुभयो ।
पर्यटन सूचना केन्द्रका अनुसार यस वर्ष पाँच हजारको हाराहारीमा पर्यटक लमजुङबाट बाहिरिएका छन् । गत अक्टोबर महिनामा मात्रै एक हजार ४५१ पर्यटक लमजुङबाट बाहिरिएको तथ्यांक छ । सोमध्ये केही पर्यटक भने लमजुङबाट नै प्रवेश गरी मनाङ पुगेर फर्किएको बताइएको छ । मनास्लु हिमाल आरोहणका लागि लमजुङबाट जाने अनुमति दिइएको भए पनि खासै पर्यटक आउने गरेका छैनन् । मनास्लु आरोहणको लागि यहाँबाट भएर आरोहण गर्न बाटो छोटो र सजिलो भए पनि प्रचारप्रसार हुन नसक्दा पर्यटक आगमनमा वृद्धि हुन नसकेको पर्यटन व्यवसायी बताउँछन् । रासस
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












