चुनावी रौनकता छैन पाल्पाका बोटे समुदायमा
पाल्पा, १८ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन केही दिन मात्र बाँकी रहँदा पाल्पाका बोटे समुदायमा अझै चुनावी चहलपहल देखिएको छैन । आगामी मंसिर २१ गते हुने निर्वाचनमा दलका नेता कार्यकर्ता भोट माग्दै सभा, सम्मेलन र घरदैलोमा जुट्दा पुख्र्यौली पेसामै जीवन निर्वाह गर्ने बोटे समुदायमा चुनावी उत्साह नै छैन ।
पाल्पाको बग्नासकाली गाउँपालिका–७, दैलातुङका बोटे समुदायमा चुनावभन्दा साँझ बिहान छाक कसरी टार्ने भन्ने निकै चिन्ताले सताइरहको छ । कालीगण्डकी नदीबाट डुंगा तारेर दैनिक गुजारा चलाउँदै आएका बोटे समुदाय सो नदीमा पुल बनेपछि आयआर्जनको स्रोत गुमेकाले समस्यामा परेका हुन् ।
बोटे समुदायका मानिसले दलका स्थानीय तहका नेतासँग गाँस बाँस र कपास नै आफूहरुको पहिलो मुद्दा रहेको बताउँदै आएका थिए । दलका प्रभावशाली नेतालाई बोटे बस्ती कस्तो छ भन्ने नै थाहा छैन । डुंगा चलाउने पेशाबाट विस्थापित भएपछि बग्नासकाली दैलातुङ्गका १७ घर बोटे परिवारका नाना चाचा र पालनपोषणका लागि खर्च जुटाउन ज्याला मजदुरी गनुपर्ने वा भारत जानुपर्ने बाध्यता रहेको बाटे समुदायका अगुवा गजवीर बोटेको दुखेसो छ ।
चुनाव नजिकिँदै गर्दा माग्न पुगेका सबै दलका नेता तथा कार्यकर्ताले आश्वासन बाहेक उनीहरूसंग प्रत्यक्ष भेटका पनि छैनन । चुनाव जितेपछि उम्मेदवार गाउँ नै नपस्ने गरेकाले अब हुने निर्वाचनमा कसलाई भोट दिने भन्नेमा उनीहरू अन्यौलमै छन् । जिल्लामा बगनासकाली, रम्भा गाउँपालिका र रामपुर नगरपालिकाभित्र बोटेको बस्ती छ । विसं २०६८ को जनगणनाअनुसार पाल्पामा बोटेको संख्या ८०२ पुगेको थियो, तीमध्ये पुरुष ३६१ महिला ४४२ जना थिए । पाल्पाको कूल जनसंख्याको ३१ बोटे छन् । रासस
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












