राष्ट्रपतिद्वारा महालेखा परीक्षकको कार्यालय भवन शिलान्यास
काठमाडौँ, १८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालय भवनको आज अनामनगरमा शिलान्यास गर्नुभयो ।लामो समयदेखि दर्बारमहलमा रहेको सो कार्यालयको ऐतिहासिक भवनलाई २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पु¥याएपछि सो स्थानमा नयाँ भवन निर्माण हुन लागेको हो । दश रोपनी १३ आना जमिनमध्ये सात रोपनी जमिनमा अत्याधुनिक साततल्ले भवन बन्नेछ । निजी निर्माण कम्पनी लुम्बिनी, गौरी पार्वती र शान्ति जेवीले आगामी तीन वर्षभित्र सो भवन निर्माण सम्पन्न गरी सक्ने गरी ठेक्का पाएका छन् ।
जमिनमुनि दुई र जमिनमाथि पाँचतले भवन मूल्य अभिवृद्धि कर भ्याट बाहेक रु ५४ करोड ३२ लाखमा निर्माण सम्पन्न हुनेछ । भवन निर्माणको अनुगमन शहरी विकास तथा भवन निर्माण विभागले गर्नेछ । निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न भएमा लाभांसको व्यवस्था रहेको छ । भवन नेपाली मौलिक कलात्मक शैलीमा अपांगमैत्री, भूकम्प प्रतिरोधी तयार हुनेछ महालेखा परीक्षक कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले समारोहलाई सम्बोधन गर्दै आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न महालेखा परीक्षकको कार्यालयले अझ ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले एकातर्फ विकास निर्माण विनियोजित बजेट खर्च नहुने अवस्था आउनु अर्कोतर्फ बेरुजु बढ्दै जाने स्थितिलाई अन्त्य गर्न आवश्यक रहेकामा जोड दिँदै संविधानले महालेखा परीक्षकको कार्यालयलाई निर्दिष्ट गरेका प्रावधानलाई कार्यान्वयन उतार्न आग्रह गर्नुभयो ।
सरकारी अनुदान प्राप्त संघ, संस्था तथा गैरसरकारी संस्थाका आर्थिक कारोबारलाई पनि चुस्त र दुरुस्त बनाउन सबैको ध्यान जानु जरुरी रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो । सो अवसरमा महालेखा परीक्षक टंकमणि शर्मा दंगालले भवन निर्माणका बारेमा जानकारी दिँदै सार्वजनिक निकायको वर्षेनी बेरुजु बढ्दै जाँदा हाल रु चार अर्ब पुगेको बताउनुभयो । आफू महालेखा परीक्षकमा नियुक्ति भएपछि छ वर्षे कार्ययोजना सार्वजनिक गरेको कार्ययोजनाअनुसार कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधार गर्दै यस वर्षदेखि स्थानीय निकायको समेत लेखापरीक्षण शुरु भएको जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












