राष्ट्रपतिद्वारा महालेखा परीक्षकको कार्यालय भवन शिलान्यास
काठमाडौँ, १८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालय भवनको आज अनामनगरमा शिलान्यास गर्नुभयो ।लामो समयदेखि दर्बारमहलमा रहेको सो कार्यालयको ऐतिहासिक भवनलाई २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पु¥याएपछि सो स्थानमा नयाँ भवन निर्माण हुन लागेको हो । दश रोपनी १३ आना जमिनमध्ये सात रोपनी जमिनमा अत्याधुनिक साततल्ले भवन बन्नेछ । निजी निर्माण कम्पनी लुम्बिनी, गौरी पार्वती र शान्ति जेवीले आगामी तीन वर्षभित्र सो भवन निर्माण सम्पन्न गरी सक्ने गरी ठेक्का पाएका छन् ।
जमिनमुनि दुई र जमिनमाथि पाँचतले भवन मूल्य अभिवृद्धि कर भ्याट बाहेक रु ५४ करोड ३२ लाखमा निर्माण सम्पन्न हुनेछ । भवन निर्माणको अनुगमन शहरी विकास तथा भवन निर्माण विभागले गर्नेछ । निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न भएमा लाभांसको व्यवस्था रहेको छ । भवन नेपाली मौलिक कलात्मक शैलीमा अपांगमैत्री, भूकम्प प्रतिरोधी तयार हुनेछ महालेखा परीक्षक कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले समारोहलाई सम्बोधन गर्दै आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न महालेखा परीक्षकको कार्यालयले अझ ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले एकातर्फ विकास निर्माण विनियोजित बजेट खर्च नहुने अवस्था आउनु अर्कोतर्फ बेरुजु बढ्दै जाने स्थितिलाई अन्त्य गर्न आवश्यक रहेकामा जोड दिँदै संविधानले महालेखा परीक्षकको कार्यालयलाई निर्दिष्ट गरेका प्रावधानलाई कार्यान्वयन उतार्न आग्रह गर्नुभयो ।
सरकारी अनुदान प्राप्त संघ, संस्था तथा गैरसरकारी संस्थाका आर्थिक कारोबारलाई पनि चुस्त र दुरुस्त बनाउन सबैको ध्यान जानु जरुरी रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो । सो अवसरमा महालेखा परीक्षक टंकमणि शर्मा दंगालले भवन निर्माणका बारेमा जानकारी दिँदै सार्वजनिक निकायको वर्षेनी बेरुजु बढ्दै जाँदा हाल रु चार अर्ब पुगेको बताउनुभयो । आफू महालेखा परीक्षकमा नियुक्ति भएपछि छ वर्षे कार्ययोजना सार्वजनिक गरेको कार्ययोजनाअनुसार कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधार गर्दै यस वर्षदेखि स्थानीय निकायको समेत लेखापरीक्षण शुरु भएको जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












