जाजरकोटमा धान उत्पादन घट्दो
जाजरकोट, १९ मंसिर । जिल्लामा विगत वर्षको तुलनामा धान उत्पादन घट्दै गएको छ । जलवायु परिवर्तन, सिँचाइ सेवाको अभाव र आधुनिक कृषि प्रणालीअनुसार खेती नगरिँदा धान उत्पादन वर्षेनी घट्दै गएको हो ।
विगत पाँच वर्षमा जिल्लामा गरिएको धानखेतीको अवस्थालाई हेर्दा वर्षेनी धान उत्पादन घट्दै गएको पाइएको हो । पाँच वर्षअघि १० हजार ४०३ मेट्रिक टन धान फलेको थियो । यसवर्ष सात हजार ३७८ मेट्रिक टन मात्र धान फलेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा श्रीराम घिमिरेका अनुसार धानखेती गरिने जमिनको क्षेत्रफल घट्दै गएको छ । पाँचवर्ष अघि २०६९ सालमा चार हजार १५ हेक्टर जमिनमा धानखेती गरिएकामा यसवर्ष दुई हजार ५६२ हेक्टरमा मात्र धानखेती गरिएको थियो ।
विसं २०६९ मा १० हजार मेट्रिक टन, २०७० सालमा तीन हजार ६२ हेक्टर जमिनमा ६ हजार एक सय ८० मेट्रिक टन, २०७१ मा तीन हजार ६३ हेक्टरमा ६ हजार १९७ मेट्रिक टन, २०७२ मा तीन हजार ६३ हेक्टरमा ९ हजार ९७१ मेट्रिक टन र २०७३ मा दुई हजार ५६३ हेक्टरमा सात हजार ३९१ मेट्रिक टन धान फलेको थियो ।
“जलवायु परिवर्तनको असर, धानखेतीमा किसानको मेहनत तथा लगानी घट्दै गएका कारण उत्पादन घट्दै गएको छ,” घिमिरेले भन्नुभयो । कूल क्षेत्रफल दुई लाख २२ हजार २८१ हेक्टरमध्ये ३७ हजार दुई सय नौ हेक्टरमा मात्र खेती गर्ने गरिएको छ । एक लाख ८४ हजार ८२० हेक्टरमा जंगल रहेको छ भने दुई सय ५२ हेक्टरमा खोला, नदी र तालले ढाकेको छ । बाह्रैमहिना सिँचाइ सुविधा चार हजार ९७१ हेक्टर जमिनमा मात्र गर्न सकिन्छ । वर्षातका बेला आकासे पानीले सिँचाइ गर्न सकिने जमिन दुई हजार ९ सय ४२ हेक्टर रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












