मतपत्र च्यात्नेलाई मतगणनामा राख्दैनौँ : मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्मा
चितवन, १९ मंसिर । स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ । मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । उनीहरु जनही रु एक- एक लाख धरौटीमा छुटेका हुन् ।
नेपाल पत्रकार महासंघ चितवन शाखा कार्यालयमा आज आयोजित मुख्य निर्वाचन अधिकृत र पत्रकारबीचको छलफलमा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले पार्टी विशेषले मतपत्र च्यात्नेलाई प्रतिनिधि पठाउन पनि सक्छ, तर उनीहरुलाई फिर्ता पठाएर अर्को प्रतिनिधि पठाउन आग्रह गरिने जानकारी दिँदै उहाँले भन्नुभयो, “म न्यायाधीश जसको मुद्दा हेरिरहेको छु, उनीहरुलाई अगाडि राखेर मतगणना प्रक्रिया अगाडि बढाउन चाहन्न । ” उनीहरुलाई मतगणनामा बस्न कानूनले निषेध नगरे पनि नैतिक रुपमा मतगणनामा राख्न नहुने मुख्य निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।
मतगणना महिला मैत्री
जिल्लाको मतगणना महिला मैत्री बनाइने भएको छ । मुख्य निर्वाचन अधिकृत शर्माले गणनाको प्रारम्भमा कर्मचारी र सुरक्षाकर्मी महिला मात्रै राखिने बताउनुभयो । राजनीतिक दललाई पनि गणनामा महिला पठाउन आग्रह गरिएको र मतगणनाका सबै चरणमा कर्मचारी तथा सुरक्षाकर्मी महिला परिचालनका लागि प्रयास हुने उहाँको भनाइ छ ।
महिला स्वभावतः शालीन हुने भएकाले मतगणना व्यवस्थित गर्नका लागि महिला राख्न लागिएको चर्चा गर्दै मुख्य निर्वाचन अधिकृत शर्माले आधा सङ्ख्यामा रहेका महिलाले जिम्मेवारी पाएमा पूरा गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्न पनि महिलालाई परिचालन गर्न लागिएको हो । जिल्लाका तीन वटै निर्वाचन क्षेत्रको मतगणना एकै पटक गरिने भएको छ । भरतपुरको चितवन माध्यमिक विद्यालयको तीनतले भवनमा एउटा तलामा एउटा क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटा कोठामा गणना गरिने व्यवस्था गरिएको छ । तीन क्षेत्रको तीनवटा तलामा गणना गरिनेछ ।
गणनास्थलमा सिसी क्यामरा जडान गर्नेबारे छलफल भइरहेको, एउटा सिफ्टमा कर्मचारी र दलका प्रतिनिधि पनि नफेरी मतगणना गरिने, र गणनास्थलमा मोबाइल, ल्यापटप लगायतका कुनै पनि उपकरण लैजान नपाउने व्यवस्था गरिँदैछ । मुख्य निर्वाचन अधिकृत शर्माले मंसिर २२ गते बिहानबाट मतगणना थालेर चार दिनमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने लक्ष्य लिइएको बताउनुभयो । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











