सभ्यताको पराकाष्ठः स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर मतगणनास्थलको व्यवस्थापन यसरी
काठमाडौं, २० मंसिर । स्थानीय निर्वाचनको मतगणनाबाट पाठ सिकेर प्रदेश र प्रतिनिधिसभाको मतगणना स्थल निकै मजबुद गरि व्यवस्थापन गरिएको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनबाट पाठ सिकेर बिहीबार हुने प्रदेश र प्रतिनिधिसभा चुनावको मतगणनास्थल निकै व्यवस्थापन गरिएको हो ।
बिहीबार बेलुका ५ बजे मतदान सकिएलगत्तै मतगणनाको कार्य सुरु गर्नेगरी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले व्यवस्थापन गरिरहेका छन् । बेलुका पाँचबजे देखि पहिलो चरणको निर्वाचन भएका जिल्लामा मतगणना गरिनेछ । दोस्रो चरणको मतगणना भने मतपेटिकाहरु सदरमुकाम पु¥याईएपछि मात्रै गणना गरिने निर्वाचन आयोगले जनाएको छ ।
मतगणनास्थलमा यति सम्मको व्यवस्थापन गरिएको छ कि दलका प्रतिनिधिहरुले मतपेटिका छुन त के भित्र समेत प्रवेश गर्न पाउनेछैनन् । काठमाडौं उपत्यकाका सबै जिल्लाहरुमा समेत मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा जडान गरिएको छ ।
काठमाडौंको १० निर्वाचन क्षेत्रको मतगणना पाँच स्थानमा हुँदैछ । भरतपुरमा मतगणना स्थलमै रहेको दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएका छन् । पहिलो चरणको निर्वाचन सम्पन्न भएका जिल्लाहरुमा मतगणनास्थलको व्यवस्थापन सकिएको छ भने दोस्रो चरणको निर्वाचन हुन बाँकि रहेका जिल्लामा पनि तयारी भईरहेको छ ।
मतगणना स्थलमा कर्मचारी बाहेक अरुलाई प्रवेश नदिइने भएको छ । गणना स्थलमा ग्याबिन बनाउन प्रयोग गरिने तारको जाली लगाइएको छ । यसबाहेक एउटा मतगणना स्थलमा कम्तीमा दुई वटा सीसी क्यामेरा राखिएको छ । निर्वाचन आयोगले एउटा मतगणना स्थल बनाउन ४० हजार रुपैयाँ खर्च बिनियोजन गरेको छ । उक्त खर्चबाट तार, नरको डोरी, फलाम, ओछ्याउने म्याट, कार्पेट लगायतकोखर्च पुर्याउनु पर्नेहुन्छ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












