आज राति १२ देखि भोलि साँझ ७ सम्म यातायात बन्द, चलाए सवारी साधन सिल गरिने
काठमाडौं, २० मंसिर । बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ७ बजेसम्म यातायातका साधन बन्द हुने भएका छन् । बिहीबार सम्पन्न हुँदै गरेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि सवारीसाधान बन्द हुने भएका हुन् ।
आज मध्यरात १२ बजेबाट भोलि निर्वाचन सकिएको दुई घन्टापछि अर्थात् साँझ ७ बजेसम्म सार्वजनिक सवारी र निजी सवारीसाधन समेत चलाउन पाइने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मार्फत् अति आवश्यक क्षेत्रका लागि भने सवारी अनुमतिपत्र जारी गरिसकेको छ।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मतदानका दिन सुरक्षा निकाय, निर्वाचन प्रायोजनका लागि अनुमति पत्र भएका र अत्यावश्यक सेवाका (एम्बुलेन्स, दमकल, खानेपानीको ट्याङ्कर लगायत) बाहेक अन्य कुनै पनि प्रकारका सवारी साधन चलाउन निषेध गरिएको छ ।’
साथै सुरक्षा व्यवस्थापन कडा भएकाले निर्धक्क भएर भोट हाल्न गृह मन्त्रालयले सबै मतदातामा आग्रह गरेको छ । गृह सचिव मोहन सापकोटाले पत्रकार सम्मेलन गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जानकारी दिए।
‘निर्वाचन शान्तिपूर्ण हुने गरी सुरक्षा निकायले तयारी पूरा गरेको छ’ गृह सचिव सापकोटाले भने, ‘डर त्रास फैलाउने र आपराधिक गतिविधि गर्नेलाई नियन्त्रण गर्न रणनीति बनाएका छौं।’ उनका अनुसार कुनै पनि घटना भयो भने १० देखि ३० मिनेटभित्र सुरक्षाकर्मी पुगिसक्नेछन्।
दोस्रो चरणमा ४५ जिल्लामा हुन लागेको निर्वाचनका लागि भोलि सार्वजनिक विदा दिइएको पनि गृह मन्त्रालयले जानकारी गराएको छ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












