इलाममा शीर्ष नेताद्वारा मतदान
इलाम, २१ मंसिर । इलामका तीन शीर्ष नेताले मतदान गर्नुभएको छ । पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ का उम्मेदवारसमेत रहनुभएका सुवास नेम्वाङले सदरमुकामको बालमन्दिर मतदान केन्द्रबाट बिहान ७ बजे मत खसालेर मतदान प्रक्रियाको थालनी गर्नुभएको थियो ।
इलाम क्षेत्र नं १ का उम्मेदवार रहनुभएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट भर्खरै मतदान गर्नुभयो । त्यसैगरी नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले पनि इलाम सदरमुकामस्थित बालमन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका दुई लाख चार हजार ४६ जना मतदाता छन् । जिल्लाका प्रतिनिधिसभा दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रकै मतदाता मतदानमा सहभागी हुँदैछन् । क्षेत्र नं १ मा एक लाख एक हजार ६१ र क्षेत्र दुई मा एक लाख दुई हजार ९८५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा १४४ मतदानस्थलमा २६६ मतदान केन्द्र तोकिएका छन् । मतदानस्थलमा सबै मतदाताका लागि सुरक्षित र भयरहित तवरले मतदान गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












