अमेरिकी पत्रिकाको टिप्पणीः ‘नेपालको चुनाव भारत र चीनबीचको लडाई’
काठमाडौं, २१ मंसिर । नेपालको निर्वाचनबारे अमेरिकाको प्रभावशाली दैनिक पत्रिका द वाशिङटन पोस्टले नराम्रो टिप्पणी गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको दौरान द वाशिङटन पोस्टले नराम्रो प्रभाव पार्ने गरी टिप्पणी गरेको हो ।
उक्त पत्रिकाको भारत संवाददाता विधि दोषीले बुधवार प्रकाशित गरेको उक्त टिप्पणीमा यस ऐतिहसिक निर्वाचनलाई छिमेकका दुई ठूला मुलुक भारत र चीनले चासो दिएर हेरिरहेको लेखिएको छ । दुवै देशले नेपालमा आफ्ना राष्ट्रिय साझेदारको जीतको अपेक्षा गरिरहेको उल्लेख गरेका छन् ।
‘चीनले एसियाभरि आफ्नो प्रभाव विस्तार गरिरहँदा नेपालमा पनि लगानी बढाइरहेको छ । यो घटनाक्रमले भारत चिन्तित भएको विश्लेषकहरू बताउँछन् । यस्तो अवस्थामा नेपालमा चुनाव भइरहेको छ,’ दोषी लेख्छिन् । ‘नेपाल एक छिमेकीसँग मात्रको निर्भरताबाट मुक्त भएको छ,’ वाम गठबन्धनका नेता खड्ग प्रसाद शर्मा ओलीले पोखरामा भएको निर्वाचन र्यालीमा उत्साहित भीडलाई सम्बोधन गर्दै भने ।
‘वाम गठबन्धनले नेपालमा चीनको शक्ति प्रयोग गरी भारतको प्रभुत्वलाई टक्कर दिन आह्वान गरेको छ,’ द वाशिङटन पोस्टको विश्लेषणमा उल्लेखित छ । ‘अर्कातर्फ प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत समर्थकका रूपमा हेरिन्छ र उनले भारतीय तथा चिनियाँ शक्तिलाई सन्तुलनमा राख्नुपर्ने बताउँदै आएका छन् ।’
चीनले नेपालमा प्रभाव विस्तार गर्दै गर्दा विश्लेषकहरूले भारतीय नेताहरू चिन्नित भएको विश्लेषण गरेका छन् । नेपालसँगको लामो र खुला सीमाका कारण भारतमा चिनियाँ सामानको निर्यातको मात्रा ह्वात्तै बढ्ने उनीहरूको चिन्ता हो । सीमालाई सुरक्षा दिँदा भारतको सैन्य स्रोतलाई भार पर्ने विधि दोषीको टिप्पणी छ ।
धेरै नेपालीका लागि छिमेकीबीचको टक्करले बिहीवार मत हाल्ने बेलाको निर्णयलाई प्रभावित पार्ने द वाशिङटन पोस्टको विश्लेषण छ । सुर्खेतबाट मतदान गर्ने उमेश गिरीलाई उद्धृत गर्दै द वाशिङटन पोस्ट लेख्छ, ‘हामीहरू भारतबाट बारम्बार प्रताडित छौं । त्यसैले फरक विदेशनीति अपनाउनु महत्त्वपूर्ण हुन्छ ।’
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












