भोजपुरमा एमाले नेता शेरधन राई तेब्बर मतले अगाडि, वाम गठबन्धनको अग्रता
भोजपुर, २२ मंसिर । भोजपुरमा बाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता शेरधन राई तेब्बर मतले अगाडि रहेका छन् । भोजपुरको प्रदेश सभा २ बाट उम्मेदवार बनेका एमालेका शेरधन राई झण्डै साढे ५ हजार मतले अगाडि छन् । यहाँ शेरधन राईको ८ हजार ३ सय २७ मत छ । त्यस्तै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीले २ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् ।
भोजपुरका प्रतिनिधिसभा तथा प्रदेश सभा गरी ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले निरन्तर अग्रता लिइरहेको छ । मतगणना कार्य शुरु भएको करिब १५ घण्टा वितिसक्दा प्रतिनिधि सभा, प्रदेश सभा क र प्रदेश खमा लोकतान्त्रिक गठबन्धनले पछ्याइरहेको छ ।
प्रतिनिधि सभातर्फ वाम गठबन्धनतर्फका उम्मेद्वार माओवादी केन्द्रका सुदन किराँतीले ४ हजार ९ सय ६५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका उम्मेद्वार नेपाली कांग्रेसका उमेशजंग रायामाझीको ३ हजार ६ सय ६ मत रहेको छ ।
त्यस्तै भोजपुरको प्रदेश सभा १ मा नेकपा एमालेका राजेन्द्रकुमार राईले ३ हजार ७९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेकपा संघीय समाजवादी फोरमका अजम्बर राई काङ्गमाङ्गले १ हजार ८ सय ३८ मत प्राप्त गरेका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












