म्याग्दीको प्रदेशसभा ‘ख’मा एमालेबाट पहिलो महिला उम्मेदवार नरदेवी पुन विजयी
ग्याग्दी, २२ मंसिर । म्याग्दीको प्रदेशसभा ‘ख’मा एमाले उम्मेदवार नरदेवी पुन विजयी भएकी छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमाले नेतृ पुनले १० हजार ८६८ मत ल्याएर जित हात पारेकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत पाएको म्याग्दीका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।
पुनसँग फगामी २ हजार ८७८ मत अन्तरले पराजित भएका हुन् । त्यस्तै म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख र प्रतिनिधिसभा सदस्यमा पनि वाम गठबन्धनका उम्मेद्वार नै अघि छन् ।
दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेकी ४७ वर्षिय पुन एमाले अध्यक्ष प्रधानमन्त्री हुँदा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी थिईन् ।
समाजशास्त्री र राजनीतिमा स्नाकोत्तर गरेकी पुन वि.स २०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीका गोविन्द पौडेल र २०५६ को संसदीय चुनावमा कांग्रेसका नारायण सिंह पुनसँग पराजित भएकी थिईन् । शिक्षकको स्थाइी जागिर छाडेर राजनितिमा होमिएकी पुन म्याग्दीको संघर्षशिल महिला नेतृ मानिन्छिन् ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












