पश्चिम रुकुममा माओवादी प्रभावशाली नेता जनार्दन शर्मा भारी मत अन्तरले विजयी
रुकुम, २३ मंसिर । रुकुमका सबै क्षेत्रमा माओवादी केन्द्र विजयी भएका छन् । दुई जिल्लामा विभाजित रुकुमका सवै क्षेत्रमा माओवादी केन्द्रले जित निकालेको हो । पश्चिम र रुकुम पूर्व दुबै जिल्लामा माओवादी केन्द्रका उम्मेदवारहरुले फराकिलो मतान्तरले नेपाली काँग्रेसका उम्मेदवारलाई हराएका हुन् ।
रुकुम पश्चिममा प्रतिनिधिसभामा सदस्यका उम्मेदवार जनार्दन शर्मा फराकिलो मतअन्तरले विजयी भएका छन् । उनले कांग्रेस उम्मेदवार गोपाल जी जंग शाहलाई १८ हजार ७४३ मतअन्तरले हराएका छन् । शर्माले ३४ हजार ४ सय २ मत ल्याएर विजयी भए । शर्माका प्रतिद्धन्दी शाहले १६ हजार ६५९ मतमा ल्याएर पराजित भए ।
पश्चिम रुकुमको प्रदेशसभातर्फ माओवादी केन्द्र विजयी भएको छ । प्रदेशसभा क मा रातो कामी र ख मा गोपाल शर्माले प्रतिस्पर्धीलाई किनारा लगाए । कामीले कांग्रेसका कृष्ण बहादुर रोकायालाई हराए । कामीले १६ हजार ८ सय १० र रोकायाकोले ८ हजार ५ सय ७७ मत ल्याएका थिए ।
यसैगरी, प्रदेशसभा ख मा गोपाल शर्मा १८ हजार ६ सय ६० मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका खड्क डाँगीले ८ हजार १ सय २७ मत ल्याए ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












