हरेक नयाँ सरकारमा मन्त्री खानै पर्ने गच्छदारको अब अवस्था के होला ?
काठमाडौं, २३ मंसिर । फोरम लोकतान्त्रिकलाई कांग्रेससँग एकीकरण गराएका विजय कुमार गच्छदारलाई सरकार परिवर्तन हुने बेला नयाँ सरकारमा नगएका सायद नहोलान् । २०४८ सालदेखि अहिलेसम्मको राजनीतिक इतिहासमा उनी नयाँ बन्ने अधिकांश सरकारमा सहभागी भएकै हुन्छन् र मन्त्री पद कुम्ल्याएकै हुन्छ ।
नयाँ सरकार बन्ने विक्तिकै भौतिक पूर्वाधार, उपप्रधानलगायतका मन्त्रालयमा आँखा लगाउने गच्छदारले अब भने के गर्लान त्यो सबैको चाँसोको विषय बनेको छ । नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका गच्छदारको नतिजा भने कमजोर देखिएको छ ।
जसले गर्दा अबको उनको राजनीतिक भविश्य के होला भन्ने विषयले प्राथमिकता पाईरहेको छ । उनी उम्मेदवार बनेको पार्टी नेपाली कांग्रेसको समेत अवस्था नाजुक रहेकाले अब गच्छदार मन्त्री भएको हेर्न लामै समय कुर्नुपर्ने देखिएको छ ।
गच्छदार अहिलेसम्मको मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेका छन । उनी पहिलो स्थानमा बामगठबन्धको तर्फबाट उम्मेदवार रहेकी एमाले उम्मेदवार भगवती चौधरीको भन्दा १४ सय ३१ मतले पछि परेका छन् । अहिलेसम्मको गणना अनुसार चौधरीको ५ हजार १३८ मत रहेको छ भने गच्छदारले ३ हजार ७ सय ७ मत प्राप्त गरेका छन् । गच्छदार ०४८ साल यता बनेका सरकारमा १२ पटक मन्त्री बनिसकेका छन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











