यी हुन् कांग्रेसले जितेको प्रतिनिधिसभाका ५ र प्रदेशसभाका ४ क्षेत्र (सूचीसहित)
काठमाडौं, २३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसको निराशाजनक नतिजा आईरहेको छ । १ सय ६० भन्दा बढी क्षेत्रको नजिता आईसक्दा नेपाली कांग्रेस तेस्रो स्थानमा झरेको छ । स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस अहिले तेस्रो स्थानमा झरेको छ ।
वाम गठबन्धनले धेरै स्थानमा जित हात पारिरहँदा नेपाली कांग्रेसले जम्मा ५ प्रतिनिधि सभा सदस्यमा जित हात पारेको छ । कांग्रेस काठमाडौं क्षेत्र नम्वर १, ४ र १०, मोरङ २ तथा रसुवामा विजयी भएको हो।
कांग्रेसका काठमाडौं १ बाट प्रकाशमान सिंह, काठमाडौं ४ बाट गगन थापा र काठमाडौं १० बाट राजेन्द्र कुमार केसी विजय भएका छन् । त्यसतै मोरङ २ बाट मिनेन्द्र रिजाल तथा रसुवाबाट कांग्रेसका मोहन आचार्य विजयी भएका हुन्। त्यस्तै प्रदेशसभातर्फ पनि नेपाली कांग्रेसले ४ क्षेत्रमा वियल हासिल गरेको छ ।
नेपाली कांग्रेसले प्रदेशसभा तर्फ अहिलेसम्म हुम्ला प्रदेशसभा (ख) जीवनबहादुर शाही (४५१९), रसुवा (क) मा प्रभात लामा (६९७६) विजयी भएका छन् । त्यस्तै मनाङ क्षेत्र नम्बर १ (क) बाट चिन्तबहादुर घले (९९८) र काठमाडौं क्षेत्र नम्बर १ (क) छिरिङ दोर्जे लामा (६४४८) विजयी भएका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












