कास्कीमा एमाले नेता रवीन्द्र अधिकारीको ह्याट्रिक, कांग्रेसका चालिसेको केही चलेन्
पोखरा, २३ मंसिर । कास्की क्षेत्र नम्बर २ मा एमाले नेता रवीन्द्र अधिकारी विजयी भएका छन् । वाम गठबन्धनका तर्फबाट उम्मेदवार एमाले युवा नेता अधिकारी कांग्रेस नेतालाई ८ हजार ५ सय ४६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
अधिकारीले २७ हजार २सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याए । प्राज्ञिक र बलियो उम्मेदवारको रुपमा हेरिएका चालिसेलाई हारको स्वाद चखाउँदै उनले कास्कीबाट तेस्रो पटक पनि जीत निकाल्दै हृयाट्रिक पूरा गरेका छन् ।
२०५६ सालमा तत्कालीन नेकपा मालेबाट कास्की क्षेत्र नम्बर १ मा अधिकारीले चुनाव हारेका थिए । त्यतिबेला उनले १ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए ।
पहिलो संविधान सभाको निर्वाचनमा माओवादी उम्मेदवार झलकपाणि तिवारीसँगको प्रतिस्पर्धामा झन्डै २ हजार ५ सय मतले निर्वाचन जितेका रवीन्द्र अधिकारीले दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस उम्मेदवार सोभियतबहादुर अधिकारीलाई २ हजार ३ सय २ मतले हराउँदै विजयी भएका थिए ।
कांग्रेसले बलियो उम्मेदवारको रुपमा उभ्याएका चालिसेसँग अधिकारीको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति बनेका चालिसे र अधिकारीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि अधिकारीका अघि चालिसेको केहि चलेन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












