बहालवाला मन्त्रीहरुको हालतः सात मन्त्री पराजित, प्रधानमन्त्रीसहित पाँच मन्त्री विजयी
काठमाडौं, २४ मंसिर । बहालवाला सात मन्त्रीलाई जनताले राम्रैसंग पाठ सिकाएकार पठाएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको परिणाम आउँदै गर्दा बहालवाला आठ मन्त्रीले पराजय भोग्नु परेको छ । मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनको मतपरिणाम आउँदै गर्दा अहिलेसम्म ८ बहालवाला मन्त्रीले पराजय भोग्नुपरेको छ । त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच मन्त्री भने विजयी भएका छन्।
उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री कमल थापा मकवानपुर १ बाट पराजित भएका छन्। त्यसैगरी स्वास्थ्य मन्त्री दीपक बोहोरा र उद्योग मन्त्री सुनीलबहादुर थापा पनि पराजित भएका छन्। त्यसैगरी सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पूर्व सञ्चारमन्त्री अग्नि सापकोटाले पराजित गरेका छन् । बस्नेत कांग्रेसका तर्फबाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थिए।
त्यस्तै सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत र कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा पराजित पनि भएका छन्। कांग्रेसका प्रमुख नेताहरुले पराजय भोगिरहनुपर्दा डडेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवाले भने निर्वाचित भएका छन् । २०४६ सालको परिवर्तनपछिका हरेक चुनाव जित्ने कीर्तिमान कायमै राखेका देउवा यो पटक पनि माओवादी केन्द्रका खगराज भट्टलाई पराजित गर्दै विजयी भएका हुन् ।
उपप्रधानमन्त्री तथा बिना विभागीय मन्त्री कृष्णबहादुर महरा, मन्त्री जनार्दन शर्मा विजयी भएका छन्। दुवै सरकारमा रहेर पनि वाम गठबन्धनका उम्मेदवार बनेका थिए। त्यसैगरी रक्षामन्त्री भीमसेनदास प्रधान र युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी पनि काठमाडौँबाट विजयी भएका छन्। दुवै नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिए।
सरकारका चार उपप्रधानमन्त्री मध्ये विजयकुमार गच्छदारले अग्रता कायम गर्न सकिरहेका छैनन् भने शिक्षा मन्त्री गोपालमान श्रेष्ठको स्याङजामा विवादका कारण मतगणना हुन सकेको छैन।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












