बहालवाला मन्त्रीहरुको हालतः सात मन्त्री पराजित, प्रधानमन्त्रीसहित पाँच मन्त्री विजयी
काठमाडौं, २४ मंसिर । बहालवाला सात मन्त्रीलाई जनताले राम्रैसंग पाठ सिकाएकार पठाएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको परिणाम आउँदै गर्दा बहालवाला आठ मन्त्रीले पराजय भोग्नु परेको छ । मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनको मतपरिणाम आउँदै गर्दा अहिलेसम्म ८ बहालवाला मन्त्रीले पराजय भोग्नुपरेको छ । त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच मन्त्री भने विजयी भएका छन्।
उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री कमल थापा मकवानपुर १ बाट पराजित भएका छन्। त्यसैगरी स्वास्थ्य मन्त्री दीपक बोहोरा र उद्योग मन्त्री सुनीलबहादुर थापा पनि पराजित भएका छन्। त्यसैगरी सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पूर्व सञ्चारमन्त्री अग्नि सापकोटाले पराजित गरेका छन् । बस्नेत कांग्रेसका तर्फबाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थिए।
त्यस्तै सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत र कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा पराजित पनि भएका छन्। कांग्रेसका प्रमुख नेताहरुले पराजय भोगिरहनुपर्दा डडेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवाले भने निर्वाचित भएका छन् । २०४६ सालको परिवर्तनपछिका हरेक चुनाव जित्ने कीर्तिमान कायमै राखेका देउवा यो पटक पनि माओवादी केन्द्रका खगराज भट्टलाई पराजित गर्दै विजयी भएका हुन् ।
उपप्रधानमन्त्री तथा बिना विभागीय मन्त्री कृष्णबहादुर महरा, मन्त्री जनार्दन शर्मा विजयी भएका छन्। दुवै सरकारमा रहेर पनि वाम गठबन्धनका उम्मेदवार बनेका थिए। त्यसैगरी रक्षामन्त्री भीमसेनदास प्रधान र युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी पनि काठमाडौँबाट विजयी भएका छन्। दुवै नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिए।
सरकारका चार उपप्रधानमन्त्री मध्ये विजयकुमार गच्छदारले अग्रता कायम गर्न सकिरहेका छैनन् भने शिक्षा मन्त्री गोपालमान श्रेष्ठको स्याङजामा विवादका कारण मतगणना हुन सकेको छैन।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











