रुपन्देहीमा वाम गठबन्धन बढी स्थानमा विजयी
बुटवल, २४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देहीका सबै निर्वाचन क्षेत्रको परिणाम आज प्राप्त भएको छ । मतगणनाको पछिल्लो नतिजानुसार जिल्लाका चार क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएको हो । रुपन्देही क्षेत्र नं ४ को मतगणना पनि अन्तिम चरणमा रहेको र केही समयमै अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभामा नेपाली काँग्रेसका प्रमोद यादव अगाडि हुनुहुन्छ भने उहाँलाई राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्लले पछ्याइरहनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामानुसार रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका युवराज गिरीलाई २२ हजार ६६ मतको फराकिलो मतान्तरले पराजित गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार नेता पौडेलले ४४ हजार नौ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी गिरीले २१ हजार ९४६ मत प्राप्त गर्नुभएको छ । सो निर्वाचन क्षेत्रमा रहेका एक लाख पाँच हजार २०६ मतदातामध्ये ७४ हजार ४०९ मत खसेको थियो ।
नवनिर्वाचित नेता पौडेलले यसअघि विसं २०७० मा तत्कालीन नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईलाई झण्डै छ हजार मतान्तरले पराजित गर्नुभएको थियो । पटक पटक जनताबाट निर्वाचित पौडेलले यस क्षेत्रमा सो निर्वाचन क्षेत्रबाट २०६४ सालको संविधानसभाको निर्वाचनमा काँग्रेसका नेता सूर्यप्रसाद प्रधान९हाल स्वर्गीय०लाई पराजित गर्नुभएको थियो ।
यसै निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ पनि एमालेले जीत हात पारेको छ । प्रदेशसभा क मा वाम गठबन्धनका तर्फबाट एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज लीला गिरी २१ हजार ७३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका काजीमान श्रेष्ठले नौ हजार ७७८ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचित नेता गिरी यस क्षेत्रमा इमान्दार र निष्ठाको राजनीति गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । यसैगरी प्रदेशसभा २ मा पनि वाम गठबन्धनका तर्फबाट एमालेका ५ नं प्रदेशका नेता तथा बुटवल नगरपालिका पूर्वप्रमुख भोजप्रसाद श्रेष्ठ २१ हजार १३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेशमान सिंहले १२ हजार ५६५ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचित श्रेष्ठ पनि विकासका योजनामा सफल व्यक्तित्वका रुपमा यस क्षेत्रमा परिचित हुनुहुन्छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित भैरहवा बहुमुखी क्याम्पसमा भइरहेको मतगणनामा क्षेत्र नं १ मा पनि संयुक्त वाम गठबन्धनका उम्मेदवार अगाडि हुनुहुन्छ । यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा अगाडि हुनुहुन्छ । एक लाख १२ हजार १३० मतदाता रहेको सोे निर्वाचन क्षेत्रमा ८७ हजार १९ मत खसेको छ । उहाँलाई काँग्रेसका जिल्ला सभापति तथा वर्तमान राज्यमन्त्री अब्दुल राज्जाकले पछ्याउनुभएको छ ।
यस्तै प्रदेशसभातर्फ प्रदेश ९क० मा ४४ हजार २३४ मत खसेकामा वाम गठबन्धनका तर्फबाट एमालेका डा कृष्ण न्यौपानेले १९ हजार ५२० मत प्राप्त गर्नुभएको छ भने राप्रपा प्रजातान्त्रिकका ताहिर अलि भाटले १३ हजार ७८ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेशसभा ख मा माओवादी केन्द्र केन्द्रीय सचिवालय सदस्य दधिराम न्यौपाने १३ हजार ९४ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हरि न्यौपानेले ११ हजार १०३ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी क्षेत्र नं ३ को प्रतिनिधिसभातर्फ एमालेका उपमहासचिव घनश्याम भुसाल चार हजार ५२८ मतको अन्तरले विजयी हुनुभएको छ । नेता भुसालले २९ हजार ६०१ र उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा स्वास्थ्यमन्त्री दीपक बोहराले २५ हजार ७३ मत प्राप्त गर्नुभएको छ । यस निर्वाचन क्षेत्रअन्तर्गतको प्रदेशसभाको मतगणना अन्तिम परिणाममा प्रदेश क मा संघीय समाजवादी फोरम नेपालका सन्तोष पाण्डे र९ख मा एमालेका तुल्सी चौधरी निर्वाचित हुनुभएको छ ।
क्षेत्र नं ५ मा प्रतिनिधिसभातर्फ काँग्रेस विजयी भएको छ । सो निर्वाचन क्षेत्रमा काँग्रेसका नेता भरतकुमार शाह ३३ हजार ८८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता डिलाराम आचार्यले २० हजार ४३८ मत प्राप्त गर्नुभएको छ । एक लाख छ हजार १५३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ७९ हजार ४९६ मत खसेकामा पाँच हजार २३७ मत बदर भएको सहायक निर्वाचन अधिकृत नुमराज खनालले जानकारी दिनुभयो ।
सो निर्वाचन क्षेत्रमा प्रदेशसभा क मा ४५ हजार ९१५ मत खसेकामा एमालेका भूमीश्वर ढकाल २२ हजार २५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णु पोखरेलले १५ हजार ४१६ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक हजार ७६१ मत बदर भएको खनालले जानकारी दिनुभयो ।
यस्तै प्रदेशसभा ख मा काँग्रेसका फकरुद्दिन खाँ १६ हजार ६८३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वीसमाजवादी फोरमकी रामावती पासवानले नौ हजार २५० मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा ३३ हजार ६०८ मत रहेकामा दुईी हजार ५०८ मत बदर भएको छ । निर्वाचनको परिणाम घोषणासँग निर्वाचित उम्मेदवारका दलका समर्थकले विजय उत्सव मनाउन थालेका छन् । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












