रुपन्देहीमा वाम गठबन्धन बढी स्थानमा विजयी
बुटवल, २४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देहीका सबै निर्वाचन क्षेत्रको परिणाम आज प्राप्त भएको छ । मतगणनाको पछिल्लो नतिजानुसार जिल्लाका चार क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएको हो । रुपन्देही क्षेत्र नं ४ को मतगणना पनि अन्तिम चरणमा रहेको र केही समयमै अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभामा नेपाली काँग्रेसका प्रमोद यादव अगाडि हुनुहुन्छ भने उहाँलाई राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्लले पछ्याइरहनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामानुसार रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका युवराज गिरीलाई २२ हजार ६६ मतको फराकिलो मतान्तरले पराजित गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार नेता पौडेलले ४४ हजार नौ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी गिरीले २१ हजार ९४६ मत प्राप्त गर्नुभएको छ । सो निर्वाचन क्षेत्रमा रहेका एक लाख पाँच हजार २०६ मतदातामध्ये ७४ हजार ४०९ मत खसेको थियो ।
नवनिर्वाचित नेता पौडेलले यसअघि विसं २०७० मा तत्कालीन नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईलाई झण्डै छ हजार मतान्तरले पराजित गर्नुभएको थियो । पटक पटक जनताबाट निर्वाचित पौडेलले यस क्षेत्रमा सो निर्वाचन क्षेत्रबाट २०६४ सालको संविधानसभाको निर्वाचनमा काँग्रेसका नेता सूर्यप्रसाद प्रधान९हाल स्वर्गीय०लाई पराजित गर्नुभएको थियो ।
यसै निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ पनि एमालेले जीत हात पारेको छ । प्रदेशसभा क मा वाम गठबन्धनका तर्फबाट एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज लीला गिरी २१ हजार ७३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका काजीमान श्रेष्ठले नौ हजार ७७८ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचित नेता गिरी यस क्षेत्रमा इमान्दार र निष्ठाको राजनीति गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । यसैगरी प्रदेशसभा २ मा पनि वाम गठबन्धनका तर्फबाट एमालेका ५ नं प्रदेशका नेता तथा बुटवल नगरपालिका पूर्वप्रमुख भोजप्रसाद श्रेष्ठ २१ हजार १३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेशमान सिंहले १२ हजार ५६५ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचित श्रेष्ठ पनि विकासका योजनामा सफल व्यक्तित्वका रुपमा यस क्षेत्रमा परिचित हुनुहुन्छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित भैरहवा बहुमुखी क्याम्पसमा भइरहेको मतगणनामा क्षेत्र नं १ मा पनि संयुक्त वाम गठबन्धनका उम्मेदवार अगाडि हुनुहुन्छ । यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा अगाडि हुनुहुन्छ । एक लाख १२ हजार १३० मतदाता रहेको सोे निर्वाचन क्षेत्रमा ८७ हजार १९ मत खसेको छ । उहाँलाई काँग्रेसका जिल्ला सभापति तथा वर्तमान राज्यमन्त्री अब्दुल राज्जाकले पछ्याउनुभएको छ ।
यस्तै प्रदेशसभातर्फ प्रदेश ९क० मा ४४ हजार २३४ मत खसेकामा वाम गठबन्धनका तर्फबाट एमालेका डा कृष्ण न्यौपानेले १९ हजार ५२० मत प्राप्त गर्नुभएको छ भने राप्रपा प्रजातान्त्रिकका ताहिर अलि भाटले १३ हजार ७८ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेशसभा ख मा माओवादी केन्द्र केन्द्रीय सचिवालय सदस्य दधिराम न्यौपाने १३ हजार ९४ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हरि न्यौपानेले ११ हजार १०३ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी क्षेत्र नं ३ को प्रतिनिधिसभातर्फ एमालेका उपमहासचिव घनश्याम भुसाल चार हजार ५२८ मतको अन्तरले विजयी हुनुभएको छ । नेता भुसालले २९ हजार ६०१ र उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा स्वास्थ्यमन्त्री दीपक बोहराले २५ हजार ७३ मत प्राप्त गर्नुभएको छ । यस निर्वाचन क्षेत्रअन्तर्गतको प्रदेशसभाको मतगणना अन्तिम परिणाममा प्रदेश क मा संघीय समाजवादी फोरम नेपालका सन्तोष पाण्डे र९ख मा एमालेका तुल्सी चौधरी निर्वाचित हुनुभएको छ ।
क्षेत्र नं ५ मा प्रतिनिधिसभातर्फ काँग्रेस विजयी भएको छ । सो निर्वाचन क्षेत्रमा काँग्रेसका नेता भरतकुमार शाह ३३ हजार ८८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता डिलाराम आचार्यले २० हजार ४३८ मत प्राप्त गर्नुभएको छ । एक लाख छ हजार १५३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ७९ हजार ४९६ मत खसेकामा पाँच हजार २३७ मत बदर भएको सहायक निर्वाचन अधिकृत नुमराज खनालले जानकारी दिनुभयो ।
सो निर्वाचन क्षेत्रमा प्रदेशसभा क मा ४५ हजार ९१५ मत खसेकामा एमालेका भूमीश्वर ढकाल २२ हजार २५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णु पोखरेलले १५ हजार ४१६ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक हजार ७६१ मत बदर भएको खनालले जानकारी दिनुभयो ।
यस्तै प्रदेशसभा ख मा काँग्रेसका फकरुद्दिन खाँ १६ हजार ६८३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वीसमाजवादी फोरमकी रामावती पासवानले नौ हजार २५० मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा ३३ हजार ६०८ मत रहेकामा दुईी हजार ५०८ मत बदर भएको छ । निर्वाचनको परिणाम घोषणासँग निर्वाचित उम्मेदवारका दलका समर्थकले विजय उत्सव मनाउन थालेका छन् । रासस
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











