निर्वाचनको प्रारम्भिक नतिजापछि केपी ओलीको आयो यस्तो प्रतिक्रिया
काठमाडौं, २४ मंसिर । निर्वाचननको प्रारम्भिक नतिजा बाम गठबन्धनको पक्षमा आउदै गर्दा एमाले अध्यक्ष केपी ओलीले अब नमुना देश बनाउनतर्फ लाग्नुपर्ने बताएका छन् । ओलीले आफ्नै निवास बालकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै बाम गठबन्धनको पक्षमा आएको नतिजालाई स्वागत गर्दै जनताले भ्रम र अराजकता चिरेको प्रतिकृया दिए ।
उनले जनताले सजगता प्रकट गरेर बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराएको पनि बताए । ‘नेपालको भविश्य र उन्नती निश्चत छ । विकास र सम्बृद्धिका चाहाना अव पुरा हुन्छन् । देशले सकारात्मक बाटो लिन्छ । अब सामाजिक सद्भाव र एकताको सुत्रमा बाँध्नुपर्छ अबको केही बर्षमा देश सम्बृद्ध बनाउन हामी गम्भिर, स्वच्छ र पारदर्शी हुनुपर्छ ।’
पेशा व्यवसाय, भुगोल र समुदायका हित, रक्षा र सम्बद्धर्न गर्ने जिम्मेवारी बाम गठबन्धनमा आएको भन्दै उनले बाम गठबन्धनमाथि देश बनाउने चुनौती थपिएको बताए । उनले निति कार्यक्रम र अग्रगामि सोचका साथ अघि बढ्नुपर्ने पनि बताए । उनले अहिलेको सरकारले केही काम नगरेको बताए ।
उनले भने, ‘प्रदेशसभा बोलाउनुपर्छ कहाँ बोलाउने त्यसका लागि ठुला ठुला त्रिपाल खोज्नुपर्नेछ । प्रदेशसभा बन्दा, मन्त्री मुख्यमन्त्री उनीहरुका निवास चाहिन्छ, ति काम अघिल्लो सरकारले गर्नुपर्ने भएपनि केही गरेको छैन ।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











