कैलाली ५ मा देउवा पत्नी आरजु पराजित, एमालेका नारदमुनि विजयी
धनगढी, २४ मंसिर । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणा पराजित भएकी छन् । एमालेका नारदमुनि रानासँग ४ हजार ८ सय ८० मतको अन्तरले पराजित भएकी हुन् ।
विजयी भएका रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् । तेस्रो स्थानमा राजपाका लक्ष्मण थारु छन् । टीकापुर काण्डका अभियुक्त समेत रहेका उनले जेलबाटै उम्मेदवारी दिएका थिए र ६ हजार ४६४ मत पाएका छन् ।
देउवाले आफुले डबल हृयाट्रिक गर्दा पत्नी पराजितः
अहिलेसम्मका चुनावमा अपराजित यात्रा तय गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले पन्ती आरजूलाई भने जिताउन सकेनन् । पहिलो पटक प्रत्यक्षतर्फबाट चुनावमा होमिएकी आरजू कैलाली क्षेत्र नम्बर ५ बाट एमालेका नारदमुनी रानासँग पराजित भए । देउवाले डडेल्धुरामा विजय उत्सव मनाईरहँदा पत्नी आरजू भने पराजयका कारण तनावमा छिन् ।
टुरिष्ट उम्मेदवारको ट्याग लागेसँगै ३ करोडमा धनगढीमा नयाँ घर किनेकी आरजूलाई यो चुनाव धेरै महंगो सावित भयो । देउवाजस्तै कहिल्यै पराजय नभोगेका नारदमुनीले यो पाली देउवा पत्नी आरवजूलाई पराजयको स्वाद चखाए । नारदमुनि राना यस्तै राजनीतिक खेलाडी हुन् जसले यस अघि पनि कहिल्यै हार व्यहोर्नु परेन । यसपटक भने उनले प्रधानमन्त्री पत्नी आरजु राणालाई ४ हजार ८८० मतान्तरले हराएर जीतको श्रृंखलामा अर्को प्रमाणपत्र थपे ।
को हुन नारदमुनी ?
धनगढी उपमहानगरपालिका ८ मा २०२९ सालमा सामान्य परिवारमा जन्मिएका नारदमुनि २०५४ सालमा धनगढी नगरपालिकाको उपमेयर भएका थिए । यस्तै पहिलो संविधान सभा २०६४ मा एमालेबाट समानुपातिक सभासद भए । राजनीतिमा मात्र होइन, पढाइमा पनि उनी अब्बल थिए । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका नारदमुनी २०४५ सालबाट वामपन्थी विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेर अहिले एमालेका वैकल्पिक केन्द्रीय सदस्य छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












