नेम्वाङको चार पटक निर्वाचन यात्रा
इलाम, २४ मंसिर । इलाम क्षेत्र नं २ बाट पूर्वसभामुख सुवास नेम्वाङ निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशव थापालाई नौ हजार ६५४ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा चौँथो पटक विजयी हुनुभएको छ । नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी थापाले २६ हजार ८६० मत प्राप्त गर्नुभयो ।
नेम्वाङले नेपालका संविधानसभाका दुईवटै निर्वाचनपछि गठित संविधासभाको अध्यक्ष भई संविधान जारी गर्न मुख्य भूमिका निर्वाह गर्नुभएको थियो । दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसद्को सभामुख बन्नुभएका नेम्वाङले लामो समय त्यही संसद्को सभामुख भई काम गर्ने अवसर पाउनुभएको थियो । इलामबाट २०५६ सालको संसदीय निर्वाचनमा विजय भएपछि उहाँले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसद्को सार्वजनिक लेखा समितिको अध्यक्षको समेत भूमिका निर्वाह गर्नुभएको थियो ।
हाल नेकपा एमाले संसदीय दलका उपनेतासमेत हुनुभएका नेम्वाङ कसैलाई नहोच्याउने, नम्र र मिजाजिलो स्वभावका हुनुहुन्छ । उहाँले संविधान बनाउनका लागि सबैको सहकार्य अपरिहार्य रहनेमा जोड दिँदै आउनुभएको छ ।
नेकपा ९एमाले०को केन्द्रीय सदस्य र कानून विभाग प्रमुख रहनुभएका नेम्वाङले २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसका कुलबहादुर गुरुङ, २०६४ को संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका केशव थापा र २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेसका महासमिति सदस्य भेषराज आचार्यलाई पराजित गर्नुभएको थियो । कानून व्यवसायीका रूपमा परिचित र प्राध्यापन पेशामा समेत संलग्न भइसक्नुभएका नेम्वाङले नेपाल बार एशोसिएसनको महासचिवको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो ।
विसं २०२९ मा अनेरास्ववियुका तर्फबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति भएसँगै उहाँ राजनीतिमा निरन्तर क्रियाशील रहनुभएको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लाग्नुभएका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको थियो । नेपाल ल क्याम्पसमा २०३५ सालदेखि २०५१ सम्म उहाँले प्राध्यापन गर्नुभएको थियो ।
आफ्नै पहलमा संविधान जारी भएको बताउँदै नेम्वाङले अब देश र जनताको विकास र समृद्धिका लागि ठोस योजना ल्याउनेमा जोड दिनुभयोे । “सबैको साथ र सहयोगमा निर्वाचनमा विजयी भइयो, अब जनताको हित र विकासको काम गर्नेछु”, उहाँले भन्नुभयो । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












