अब कहिल्यै चुनाव लड्दिन : बलबहादुर केसी

सल्लेरी, सोलुखुम्बु, २४ मंसिर । नेपाली काग्रेंसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले भविष्यमा कुनै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ । यस वर्षको प्रतिनिधिसभा सदस्यको निर्वाचन नै आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य उम्मेदवार केसीले बताउनुभयो । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “अब म पार्टीको सुदृढीकरणका लागि लागिपर्छु । ” नेता केसीले पार्टीका उम्मेदवारहरुले पराजय भोग्नु परे पनि जनताको विचारलाई आफूहरुले जित्न सफल भएको जिकिर गर्दै मतदातालाई धन्यवाद व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसले चुवाव हारे पनि जिल्लाको विकास र जिल्लालाई समृृद्धितर्फ लाने विषयम काँग्रेसको सदैव साथ र सहयोग रहने उहाँले बताउनुभयो । विसं २०४८ यता सम्पन्न निर्वाचनमा चार पटक जित्नुभएका केसीको यो दोस्रो हार हो । विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी का गोपाल किराँतीसँग पराजय हुनुभएका केसी यस पटक नेकपा माओवादी केन्द्रकै हेमकुमार राईदेखि पराजय हुनुभएको छ ।
आफ्नो चुनावी समीक्षामा पार्टी पराजित हुनाको प्रमुख कारण गुटगत राजनीति भएको काँग्रेसले निष्कर्ष निकालेको छ । नेता केसीले जिल्लामा काँग्रेस सबै एक भएर नलाग्नाले तीनै स्थानमा पराजय व्यहोर्नुपरेको बताउनुभयो । काँग्रेसका तर्फबाट प्रदेशसभा क मा उम्मेदवार प्रकाशसिंह कार्कीले मतदाताले रुचाउँदा रुचाउँदै पनि संगठनको कमजोरीका कारण पराजय भोग्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले हामीलाई चाहेकै हुन् तर संगठन निर्माण गर्नेको कमजोरी भयो ।” प्रदेशसभा ख का उम्मेदवार आङगेलु शेर्पाले पनि पार्टी एक हुन नसक्दा जनताले चाहेर पनि काँग्रेसले हार बेहोर्नु परेको बताउँदै पार्टी र संगठनभित्र कमजोरीको समीक्षा गरेर अगाडि बढ्ने जानकारी दिनुभयो ।
पूर्वपार्टी सभापतिसमेत रहनुभएका शेर्पाले पार्टीमा विगतदेखिको समस्या सुल्झाउनु नसक्नु नै पराजयको प्रमुख कारण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अबको पाँच वर्षमा पार्टी सुदृढीकरण गरेर बहुमतले विजयी हुने गरी काँग्रेसले काम गर्नुपर्छ ।”
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












