प्रदेश नम्बर ६ मा कांग्रेस बढारियो, वाम प्रदेश सरकार बन्ने निश्चित (तथ्यसहित)
काठमाडौं, २४ मंसिर । प्रदेश नम्बर ६ बाट नेपाली कांग्रेस क्लिन भएको छ । प्रतिनिधि सभाको निर्वाचनमा प्रदेश नम्बर ६ बाट नेपाली कांग्रेस क्लिन भएको हो । प्रदेश नम्बर ६ मा रहेका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये कुनैमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी हुन सकेनन्।
सबै निर्वाचन क्षेत्रमा एमाले र माओवादीको वाम गठबन्धन विजयी भएका छन् । तर प्रदेश सभामा भने नेपाली कांग्रेसले पनि आफ्नो उपस्थिति जनाएको छ ।
हुम्लाको निर्वाचन क्षेत्र (ख) मा जीवनबहादुर शाही विजयी भएका छन्। उनलाई यो प्रदेशमा कांग्रेसको तर्फबाट मुख्यमन्त्रीको दावेदारका रुपमा हेरिएको थियो। तर सिङ्गो प्रदेश सभामा उनीमात्रै प्रत्यक्ष निर्वाचित सदस्य भएका छन्।
प्रदेश ६ मा पनि कांग्रेस मुक्त बाम सरकार बन्ने निश्चित भएको छ । समानुपातिक सिट गणना नहुँदै यो प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको हो । सरकार बनाउन २१ सिट आवश्यक हुनेमा अहिले नै एमालेले १० र माओवादीले ८ सिटमा विजय हासिल गरिसकेको छ।
गठबन्धनको अग्रता ४ सिटमा रहेको र समानुपातिकको सिट पनि आउने हुनाले सुविधाजनक बहुमत पुग्ने देखिन्छ। जसले गर्दा वाम गठबन्धनलाई कांग्रेस मुक्त वाम सरकार गठन गर्न बाटो खुल्नेछ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












