एमाले २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल प्रदेशसभामा बिजयी
सप्तरी, २५ मंसिर । नेकपा एमाले २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल प्रदेशसभामा विजयी भएका छन् । दुई नम्बर प्रदेशमा एमालेले निराशाजनक नजिता ल्याइरहँदा मण्डल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । स्थायी कमिटी सदस्य रहेका मण्डललाई कुनै बेला सप्तरीमा मधेशवादी दलले प्रवेश निषेध गरेका थिए ।
मण्डल सप्तरी क्षेत्र नम्बर १ को प्रदेशसभा क बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । मण्डलले ११ हजार ३०२ मत प्राप्त गर्दा राजपाका महामन्त्री राजकुमार लेखीले ९ हजार २५२ मत प्राप्त गरे ।
मण्डल विरुद्ध एमालेकै कार्यकर्ता प्रेस चौतारीका पूर्व उपाध्यक्ष प्रकाश खतिवडा बागी उठेका थिए । तर खतिवडाले दुई सय मत पनि ल्याउन सकेनन् । २ नम्बर प्रदेशमा एमालेले अहिलेसम्म प्रतिनिधिसभामा दुई सिट र प्रदेशसभामा ८ सिटमात्र जित निकाल्न सकेको छ । प्रतिनिधिसभामा सिरहा ३ बाट लिलानाथ श्रेष्ठ र धनुषा ४ बाट रघुवीर महासेठ बिजयी भएका छन् ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












