संखुवासभामा कांग्रेस उम्मेदवार दीपक खड्का हारको नजिक पुगेपछि मतगणनामा अवरोध
संखुवासभा, २५ मंसिर । संखुवासभामा ६ घण्टादेखि रोकिएको मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा जारी मतगणनाका क्रममा दलहरुबीच विवाद भएपछि सोमबार बिहान ५ बजेदेखि रोकिएको थियो । मतगणनाका क्रममा कांग्रेसले वदर मतलाई पुनः गणना गर्नुपर्ने माग राखेपछि विवाद भएको थियो ।
मतपत्रमा लगाइएको मतसंकेत मधुरो भएपछि बदर मतको संख्या बढ्दै गएपछि दलहरुबीच विवाद सुरु भएको थियो । मतगणनाका क्रममा सदरमत बदर र बदरमत सदर गर्दे गएपछि पछिल्लो पटक बिवाद आएको हो । आइतबार राति पनि स्वस्तिक चिन्हको बिषयलाई लिएर ६ घण्टा मतगणना रोकिएको थियो ।
कांग्रेसले हालसम्मको बदरमत पुनः गणनाको माग गर्दे निर्वाचन आयोगमा उजुरी गरेको छ । कांग्रेसका उमेदवार दीपक खड्काले बदरमतलाई पुनः मतगणनाको माग गरेपछि विवाद भएको हो । कांग्रेस उम्मेदवार खड्काले आफ्नो हार सुनिश्चित भएपछि विभिन्न वाहना बनाएर मतगणनामा अवरोध गरेको एमालेको आरोप छ । एमाले नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र गौतमले खड्काले हार्ने सुनिश्चित भएपछि विभिन्न वाहनामा ६ घण्टादेखि मतगणना रोकेको बताए ।
खड्काले आफ्नो हार स्वीकार गर्न नसकेर मत गणनामा विभिन्न बाहना गरेको गौतमको आरोप छ । खड्काले आचारंहिता लागू नभएको, मतपत्रमा लगाइएको मतसंकेत मधुरो भएको जस्ता आरोप लगाउँदै मतगणना स्थगित भएको थियो । सर्वपक्षिय छलफलपछि अहिलेबाट मतगणना पुनः सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभामा एमालेका राजेन्द्र गौतमले २८ हजार ८ सय ४४ मत ल्याएका छन् भने कांग्रेसका दीपक खड्काले २७ हजार ६ सय ३७ मत ल्याएका छन् । यसमा २ हजार ७ सय मत बदर भएको छ । गौतमले अहिलेसम्म खड्काभन्दा १ हजार १ सय ७७ मत बढी ल्याएर लिडिङ गरिरहेका छन् । ६९ हजार २ सय ४६ मतदाता रहेको संखुवासभामा ६० हजार ६ सय २० मत खसेको थियो ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












