९ वटा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि सुनसरी ३ को मतगणना स्थगित
सुनसरी, २५ मंसिर । सर्वाधिक चासोको विषय बनेको सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला समन्वय समितिको हलमा गणना भइरहेको बेला नौ वटा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो । वामपन्थी गठबन्धनले निर्वाचन अधिकृतमाथि प्रश्न उठाएपछि सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको हो ।
यो क्षेत्रमा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच तीव्र प्रतिस्पर्धा छ । ६४ हजार २३१ मत गणना हुँदा चौधरी केही समय मतले अगाडि छिन् । उनले २९ हजार ३२६ मत पाएकी छन् भने गच्छदारको मत २९ हजार १७१ छ ।
तर, पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारले सेटिङ मिलाएर आफूलाई हराउने खोजेको चौधरीको आरोप छ । ‘हिजोसम्म गच्छदारका कार्यकर्ताहरु हारियो भन्दै हार स्वीकार गरेर हिँडिसकेका थिए । तर, सेटिङ मिलेपछि आज विहानबाट अचानक उनीहरुको चहलपहल बढ्यो’, उनले भनिन्, ‘एकाएक अर्धकट्टी सहितको मतपत्र देखिएपछि हामीले मतपत्रको सिरियल नम्बर हेर्न खोज्यौं । तर, निर्वाचन अधिकृत टिका घिमिरले कुन कानुनमा छ, सिरियल हेर्ने ? भन्दै हामीलाई हेर्न दिएनन् । निर्वाचन अधिकृतले जे बोल्यो त्यहि अन्तिम हुन्छ भनेपछि हामीले कुरा बुझिसक्यौं ।’
मतगणना अघि नै सीसीटीभी राख्न आग्रह गर्दा अस्वीकार गरेको भन्दै उनले धाँदलीको आशंका गरिन् । उनले निर्वाचन अधिकृत परिर्वतनको माग गर्दै जिल्ला निर्वाचन कार्यालय सुनसरीमा निवेदन समेत दिएकी छन् ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












