९ वटा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि सुनसरी ३ को मतगणना स्थगित
सुनसरी, २५ मंसिर । सर्वाधिक चासोको विषय बनेको सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला समन्वय समितिको हलमा गणना भइरहेको बेला नौ वटा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो । वामपन्थी गठबन्धनले निर्वाचन अधिकृतमाथि प्रश्न उठाएपछि सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको हो ।
यो क्षेत्रमा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच तीव्र प्रतिस्पर्धा छ । ६४ हजार २३१ मत गणना हुँदा चौधरी केही समय मतले अगाडि छिन् । उनले २९ हजार ३२६ मत पाएकी छन् भने गच्छदारको मत २९ हजार १७१ छ ।
तर, पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारले सेटिङ मिलाएर आफूलाई हराउने खोजेको चौधरीको आरोप छ । ‘हिजोसम्म गच्छदारका कार्यकर्ताहरु हारियो भन्दै हार स्वीकार गरेर हिँडिसकेका थिए । तर, सेटिङ मिलेपछि आज विहानबाट अचानक उनीहरुको चहलपहल बढ्यो’, उनले भनिन्, ‘एकाएक अर्धकट्टी सहितको मतपत्र देखिएपछि हामीले मतपत्रको सिरियल नम्बर हेर्न खोज्यौं । तर, निर्वाचन अधिकृत टिका घिमिरले कुन कानुनमा छ, सिरियल हेर्ने ? भन्दै हामीलाई हेर्न दिएनन् । निर्वाचन अधिकृतले जे बोल्यो त्यहि अन्तिम हुन्छ भनेपछि हामीले कुरा बुझिसक्यौं ।’
मतगणना अघि नै सीसीटीभी राख्न आग्रह गर्दा अस्वीकार गरेको भन्दै उनले धाँदलीको आशंका गरिन् । उनले निर्वाचन अधिकृत परिर्वतनको माग गर्दै जिल्ला निर्वाचन कार्यालय सुनसरीमा निवेदन समेत दिएकी छन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











