समानुपातिक मतगणनाः एमाले अगाडि, प्रमुख तीन दल मात्रै थ्रेसहोल्ड कटाउन सक्नेमा
काठमाडौं, २५ मंसिर । प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणनामा पहिलो स्थानमा रहेको नेकपा एमाले समानुपातिकमा पनि अग्र स्थानमा रहेको छ । प्रत्यक्षतर्फको मतगणना सकिँदै गर्दा समानुपातिक मतगणनाले तीब्रता पाएको छ । अहिलेसम्मको मतगणनाअनुसार नेकपा एमालेले सबैभन्दा धेरै मत पाएको छ ।
त्यस्तै प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस समानुपातिकमा भने दोस्रो स्थानमा छ । सोमबार दिउँसो सम्म निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड कटाउनेमा प्रमुख तीन दलहरु एमाले, कांग्रेस र माओवादीमात्रै देखिएका छन् ।
तीन प्रतिशत मत नपाए समानुपातिकमा कुनै सिट पाइँदैन। तीन प्रतिशत मत पुर्याउन मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी अघि बढिरहेको छ। राजपाले २.२ प्रतिशत मत ल्याएको छ। समानुपातिकतर्फको मतमा दुई प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ।
अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसलाई यसपटक समानुपातिकतर्फ पनि एमालेले पछाडि पारिरहेको छ। कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेकोमा ११ लाख ६४ हजार ७४० मत गन्दा एमालेले सबैभन्दा बढी ३६.३ प्रतिशत मत ल्याएको छ। नेपाली कांग्रेसले भने ३४.७ प्रतिशत मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ। अहिलेसम्मको मतपरिणाम अनुसासर एमालेले ४१ सीट पाएको छ भने कांग्रेसले ३९ सिट पाएको छ ।
माओवादी तेस्रो स्थानमा छ तर उसको मत अनुपात दुई ठूला दलको भन्दा निकै कम १६.७ प्रतिशतमात्रै छ। माओवादीले अहिलेसम्म १९ सिट पाएको छ । थ्रेसहोल्ड कायम रहेको अवस्थामा तीन प्रतिशत मत नल्याउनेको ११ सिट पनि तीन ठूला दलले बाँडेर लिनेछन्। यस पटक प्रतिनिधि सभामा ११० सिट समानुपातिकका लागि छुट्याइएको छ।
समानुपातिक तर्फको मतपरिणामः
१. नेकपा एमालेः ४२२६८७
२. नेपाली कांग्रेसः ४०४४७१
३. नेकपा माओवादी केन्द्रः १९४११३
४. राष्ट्रिय जनता पार्टी नेपालः २५४७२
५. राष्ट्रिय प्रजातन्त्र पार्टीः २०९७६
६. विवेकशील साझा पार्टीः २०८०६
७. संघीय समाजवादी फोरम, नेपालः १७८५४
८. नयाँ शक्ति पार्टी नेपालः १६६४७
९. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): ८९०१
१०. राष्ट्रिय जनमोर्चाः ६५४२
११. एकल चिन्ह हसिया ताराः ४८२०
१२. नेपाल मजदुर किसान पार्टीः ३१८८
१३. संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चः ३०१८
१४. एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी): २६४५
१५. नेपाली जनता दलः २२९१
१६. देशभक्त जनगणतान्त्रिक मञ्च, नेपाल : १९२५
१७. राष्ट्रिय जनमुक्ति पार्टीः १३४१
१८. मंगोल नेशनल अर्गनाइजेशनः १०३०
१९. आमूल परिवर्तन मसिहा पार्टी नेपालः ६३७
२०. जनशक्ति नेपालः ४८१
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












