समानुपातिक मतगणनाः एमाले अगाडि, प्रमुख तीन दल मात्रै थ्रेसहोल्ड कटाउन सक्नेमा
काठमाडौं, २५ मंसिर । प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणनामा पहिलो स्थानमा रहेको नेकपा एमाले समानुपातिकमा पनि अग्र स्थानमा रहेको छ । प्रत्यक्षतर्फको मतगणना सकिँदै गर्दा समानुपातिक मतगणनाले तीब्रता पाएको छ । अहिलेसम्मको मतगणनाअनुसार नेकपा एमालेले सबैभन्दा धेरै मत पाएको छ ।
त्यस्तै प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस समानुपातिकमा भने दोस्रो स्थानमा छ । सोमबार दिउँसो सम्म निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड कटाउनेमा प्रमुख तीन दलहरु एमाले, कांग्रेस र माओवादीमात्रै देखिएका छन् ।
तीन प्रतिशत मत नपाए समानुपातिकमा कुनै सिट पाइँदैन। तीन प्रतिशत मत पुर्याउन मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी अघि बढिरहेको छ। राजपाले २.२ प्रतिशत मत ल्याएको छ। समानुपातिकतर्फको मतमा दुई प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ।
अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसलाई यसपटक समानुपातिकतर्फ पनि एमालेले पछाडि पारिरहेको छ। कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेकोमा ११ लाख ६४ हजार ७४० मत गन्दा एमालेले सबैभन्दा बढी ३६.३ प्रतिशत मत ल्याएको छ। नेपाली कांग्रेसले भने ३४.७ प्रतिशत मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ। अहिलेसम्मको मतपरिणाम अनुसासर एमालेले ४१ सीट पाएको छ भने कांग्रेसले ३९ सिट पाएको छ ।
माओवादी तेस्रो स्थानमा छ तर उसको मत अनुपात दुई ठूला दलको भन्दा निकै कम १६.७ प्रतिशतमात्रै छ। माओवादीले अहिलेसम्म १९ सिट पाएको छ । थ्रेसहोल्ड कायम रहेको अवस्थामा तीन प्रतिशत मत नल्याउनेको ११ सिट पनि तीन ठूला दलले बाँडेर लिनेछन्। यस पटक प्रतिनिधि सभामा ११० सिट समानुपातिकका लागि छुट्याइएको छ।
समानुपातिक तर्फको मतपरिणामः
१. नेकपा एमालेः ४२२६८७
२. नेपाली कांग्रेसः ४०४४७१
३. नेकपा माओवादी केन्द्रः १९४११३
४. राष्ट्रिय जनता पार्टी नेपालः २५४७२
५. राष्ट्रिय प्रजातन्त्र पार्टीः २०९७६
६. विवेकशील साझा पार्टीः २०८०६
७. संघीय समाजवादी फोरम, नेपालः १७८५४
८. नयाँ शक्ति पार्टी नेपालः १६६४७
९. राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): ८९०१
१०. राष्ट्रिय जनमोर्चाः ६५४२
११. एकल चिन्ह हसिया ताराः ४८२०
१२. नेपाल मजदुर किसान पार्टीः ३१८८
१३. संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चः ३०१८
१४. एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी): २६४५
१५. नेपाली जनता दलः २२९१
१६. देशभक्त जनगणतान्त्रिक मञ्च, नेपाल : १९२५
१७. राष्ट्रिय जनमुक्ति पार्टीः १३४१
१८. मंगोल नेशनल अर्गनाइजेशनः १०३०
१९. आमूल परिवर्तन मसिहा पार्टी नेपालः ६३७
२०. जनशक्ति नेपालः ४८१
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












