यी हुन्, ‘हेवीवेट’ भनिएका तर जनताले ‘हारको स्वाद’ चखाएका शीर्षस्थ नेता
काठमाडौं, २५ मंसिर । हेवीवेट भनिएका नेताहरुले नै नराम्रोसँग पराजय भोगिरहेका छन् । मंसिर १० र २१ गते गरि दुई चरणमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा शीर्षस्थ नेताहरुले नै नराम्रो पराजग भोगेका छन् । पराजय भोग्नेमा कांग्रेसका अधिकांश शीर्ष नेताहरु रहेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा पार्टीमा प्रभाव राख्ने शीर्षस्थ नेताहरु नै पराजित भएका हुन् ।
नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताका नेताहरुले पराजयको स्वाद चाख्नुपरेको छ । काँग्रेसका वरिष्ठ नेता एवं पूर्वउपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पराजय भोगे ।
कमल थापाको परायजः
वर्तमान सरकारका उपप्रधानमन्त्री समेत रहेका कमल थापा पनि मकवानपुरबाट पराजित भए । थापालाई नेकपा (एमाले) का कृष्णप्रसाद दाहालले पराजित गरेका हुन् । केन्द्रीय संसद वा प्रदेश संसदमा जान जनताले अयोग्य ठानेका वा अन्य कारणले भएपनि प्रभावशाली नेताहरु नै पराजित भए । उनीहरुको पराजयसँगै राष्ट्रिय राजनीतिमा पनि असर पर्न सक्छ ।
कांग्रेसका प्रभावशाली नेता निधि तीन हजार मतान्तरले पराजितः
यस्तै पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग पराजित भए । राजपा अध्यक्ष मण्डलका सदस्य महतोले निधिलाई झण्डै तीन हजार मतान्तरले पराजित गरे । महतोले ३० हजार ७४२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी निधिले २७ हजार ८२८ मत पाए ।
रामचन्द्र पौडेल एमोलका श्रेष्ठसँग पराजितः
यस्तै पूर्वसभामुख, पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि एमाले उम्मेदवारसँग पराजित भए । विसं २०७० सालको चुनावमा पौडेलले किसनकुमार श्रेष्ठलाई पराजित गरेका थिए । अहिलेको चुनावमा श्रेष्ठले पौडेलसँग बदला लिएका छन् । श्रेष्ठले ३४ हजार ४८९ मत पाउँदा पौडेलले २७ हजार ६ सय ७५ मतमा चित्त बुझाए ।
नारायणकाजी श्रेष्ठ र वामदेव गौतम हार्नुको कारणः
वाम गठबन्धनका सुत्राधार मानिएका नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफ्नै पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँग पराजित भए । गोरखा बाहेक कुनै अन्य क्षेत्रबाट चुनाव लड्न बाबुरामले गरेको आग्रहलाई अस्वीकार गर्दै चुनावमा होमिएका श्रेष्ठ अन्नतः उनैसँग पराजित भए । श्रेष्ठको हठका कारण बाबुराम वाम गठबन्धनबाट बाहिरिनुपरेको थियो ।
यस्तै अर्का पूर्व उपप्रधान एवं गृहमन्त्री बामदेव गौतम पनि वर्तमान सरकारका सिँचाइमन्त्री सञ्जय गौतमसँग पराजित भए । उनी पनि एमालेको तर्फबाट वाम गठबन्धनका सुत्राधार हुन् । वामदेवको पराजयलाई अस्वाभाविक रुपमा समेत अथ्याईएको छ । बर्दिया क्षेत्र नम्बर १ मा एमालेका उपाध्यक्ष गौतम ७५३ मतान्तरले पराजित हुँदा काँग्रेस नेता सञ्जयले ४४ हजार ८२९ मत प्राप्त गरे ।
पाँच पटक अर्थमन्त्री भएका रामशरणलाई जनताले पत्याएनन्ः
पाँचपटक अर्थमन्त्री भइसकेका काँग्रेसका प्रभावशाली नेता डा. रामशरण महत आफ्ना पूर्वचिरपरिचित प्रतिस्पर्धी हितबहादुर तामाङसँग पराजित भए । नुवाकोट क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका नेता तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी जिजयी हुँदा काँग्रेस नेता डा. महतले २७ हजार ९२० मत प्राप्त गरे । विजयी तामाङले डा. महतलाई तेस्रो प्रयासमा पराजित गरेका हुन् ।
प्रकाशरशरण र अर्जुननरसिहं केशीः
संयोग कस्तो परेको छ भने डा. महतका भाई डा. प्रकाशशरण र भतिजा रमेश महतले समेत पराजय भोग्नु परेको छ । काँग्रेसका अर्का प्रभावशाली एवं पटकपटक मन्त्री भएका अर्जुननरसिंह केसीले पनि पराजयको स्वाद चाखे । प्रदेशसभामा नेता केसीका भाइ जगदीश्वरनरसिंह केसी पनि पराजित भए । एमालेका जिल्ला अध्यक्ष नारायण खतिवडाले नुवाकोट २ मा १० हजार मतान्तरले पराजित गरेका अर्जुननरसिंह २६ हजार ३३५ मतमा रोकिए ।
महेश आर्चाय, शेखर कोइरालाः
यस्तै पूर्वअर्थमन्त्री एवं काँग्रेस नेता महेश आचार्य, प्रभावशाली नेता डा शेखर कोइरालाले पनि पराजय व्योहोरेका छन् । यस्तै पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले पनि यस पटकको निर्वाचनमा विजय हासिल गर्न सकेनन् । पटकपटक मन्त्री बनेका डा. प्रकाशशरण महत पनि एमाले महासचिव ईश्वर पोखरेलसँग पराजित भए ।
राजदूतबाट राजीनामा दिएका दीपकुमारको ‘दीप’ बलेनः
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि पराजयको स्वाद चाख्नुपरेको छ । उपाध्याय यसअघि मन्त्री पनि भएका थिए । उपाध्याय वाम गठन्धनका उम्मेदवार चक्रपाणि खनालसँग पराजित भए । कपिलवस्तु क्षेत्र नम्बर १ बाट खनाल २९ हजार ७९९ मत प्राप्त गरी विजयी भए ।
कृष्ण सिटौलाले पनि पराजयको स्वाद चाखेः
पराजयको स्वाद चाख्नेको सूचीमा काँग्रेस प्रभावशाली नेता एवं पूर्वउपप्रधान एवं गृहमन्त्री कृष्ण सिटौला पनि छन् । राप्रपाका नेता राजेन्द्र लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा सिटौलाले पराजय भोग्नुपरेको हो । पराजय हुनेमा पूर्वमन्त्री नवीन्द्रराज जोशी पनि छन् ।
काठमाडौँ क्षेत्र नम्बर ८ मा एमालेका नेता जीवनराम श्रेष्ठसँग पराजित भए । केही हस्ती र हेवीवेट ठानिएका नेताहरु एक पछि अर्को गर्दै पराजित भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी आरजु राणा देउवा पनि एमाले नेता नारदमुनि रानासँग पराजित भईन् । पैसा र शक्तिको आँडमा चुनावमा होमिएकी आरजु नारदमुनिसँग पराजित भएकी हुन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











