लगातार तीनपटक विजयी मन्त्री प्रभुु साहलाई ५१ किलोकोे माला
रौतहट, २६ मंसिर । निर्वाचन क्षेत्र नं ३ बाट लगातार तेस्रोपटक जित हात पार्न सफल नेकपा माओवादी केन्द्रका मन्त्री प्रभुु साहलाई ५१ किलोको माला लगाएर स्वागत गरिएको छ । वाम गठबन्धनतर्फबाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतअन्तरले विजयी हुुनुुभएका उहाँलाई कटहरियाका बसिन्दाले ५१ किलो बराबरको माला लगाएर स्वागत गरेका हुन् ।
नेपाली काँग्रेसका उम्मेदवार सुुनिलकुुमार यादवलाई प्रतिनिधिसभाको निर्वाचनमा झण्डै १० हजारको फराकिलो मतअन्तरले पराजित गरी मन्त्री साह विजयी हुनुभएपछि स्थानीय वाम गठबन्धनका युुवा संगठनले उहाँको स्वागतमा सांंस्कृतिक कार्यक्रम समेत गरेका थिए ।
नवनिर्वाचित सांसद एवं बिनाविभागीय मन्त्री साहले यो ऐतिहासिक जित पूरै क्षेत्र, जिल्ला र समग्र देशकै जित भएको बताउनुुभयो । राजनीतिक स्थिरता, स्थायी सरकार र विकासको निमित्त वाम गठबन्धनलाई मत दिएका सबै मतदाताप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुुभएको थियो । सो अवसरमा प्रदेशसभास सदस्यका लागि ‘क’ बाट निर्वाचित वाम गठबन्धनकै नागेन्द्र यादव, ‘ख’ बाट निर्वाचित कुुन्दन कुुशवाहालाई समेत स्वागत गरिएको थियो । मन्त्री साहले दुुईपटक संसदीय समितिका सभापति, कानून मन्त्री, भूमिसुुधार मन्त्री, शहरी विकास मन्त्रीको नेतृत्व समेत सम्भालिसक्नुभएको छ । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












