प्रहरीको निर्देशन, ‘रेशम चौधरी जितको प्रमाणपत्र ल्याउन आउँदा च्याप्प समात्नु’
धनगढी, २६ मंसिर । प्रहरीको फरार सूचीमा रहेर पनि कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका रेशम चौधरीलाई पक्राउ गर्न प्रहरी हेडक्वार्टरले निर्देशन दिएको छ । टीकापुर घटनाका मुख्य आरोपित मानिएका चौधरी भूमिगत अवस्थामा नै चुनावमा होमिएका थिए ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट चुनाव लडेका चौधरी आफ्ना प्रतिस्पर्धी भन्दा २० हजार बढी मत ल्याएर सिंहदरबारको बाटो तय गरेका छन् । तर प्रहरीले भने उनलाई जितको प्रमाणपत्र समेत थमाउन नदिने तयारीमा रहेको छ ।
मंगलबार वियज जुलुस पनि चौधरी विना नै भएको थियो । प्रतिनिधि सभाको उम्मेदवार दर्तादेखि जितसम्म उनी आफ्नो ‘रोहरवर’ मै चले। चुनाव प्रचार प्रसारमा समेत सहभागी भएनन्। भिडियो च्याट र फोनबाट नै कार्यकर्ता परिचनाल गरे।
सोमवार सम्पन्न मत गणनामा चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याए। उनका प्रतिस्पर्धी एमालेकी मदनकुमारी शाह (गरिमा) ले १३ हजार ४ सय ६ मत मात्र प्राप्त गरिन्। मंगलवार विहान कैलालीमा उनको अनुपस्थितिमै विजय जुलससमेत निस्किएको थियो । प्रहरी भने उनी आउँलान र पक्राउ गरौला भनेर प्रतिक्षामा बसेको थियो । तर त्यो पनि भएन्, किनकी विजयी जुलुसमा पनि उनी आएनन् ।
जुलुसमा नआएपनि जितको प्रमाणपत्र लिन आउलान् र समातौला भन्दै प्रहरीले सुरक्षा तैनाथी बढायो। प्रहरी प्रधान कार्यालय नक्सालले पनि चौधरीलाई कहीँ कतै देखे पक्राउ गर्ने निर्देशन दिइसकेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विनोद घिमिरेले निर्वाचित चौधरी फरार अभियुक्त भएकाले पक्राउ गर्ने तयारी भएको बताए ।
२०७२ साल भदैमा टीकापुरमा भएको आन्दोलनमा अञ्चल प्रहरी प्रमुखसहित सात प्रहरी र एक बालकको मारिएका थिए । घटनामा चौधरीलाई मुख्य योजनाकार रहेको प्रहरीले बताएपछि उनी फरार रहँदै आएका छन्। घटनामा संलग्न केही जेलमा छन्। तर उनी भने अझै पनि प्रहरीको फरार सूचीमै छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












