निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरिने : महासचिव ईश्वर पोखरेल
काठमाडौँ, २६ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित हुनुभएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज लैनचौरमा आयोजित विजय ¥यालीलाई सम्बोधन गर्दै उहाँले चुनावका क्रममा आफूले जनतासमक्ष राखेका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो । उहाँले वाम गठबन्धनले निर्वाचनमा बहुमतसहित विजय हासिल गरेकाले जनताको चाहनाअनुसार काम गर्ने बताउनुभयो । महासचिव पोखरेलले सरकार गठनपछि आफूहरुको ध्यान चुनावका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्नतर्फ रहने बताउनुभयो ।
हामीले चुनावमा जुन प्रतिबद्धता व्यक्त गरेका थियौं, ती प्रतिबद्धतालाई कतिपयले सपना भनेका थिए । तर हामी ती प्रतिबद्धतालाई पूरा गरेर मुलुकलाई विकास तर्फ लैजान्छौ, उहाँले भन्नुभयो ।उहाँले चाँडै नै वाम गठबन्धनको सरकार बन्ने समेत बताउनुभयो । निर्वाचन क्षेत्र नंं ५ मेडिकल कलेजको हब भएको भन्दै उहाँले जनतालाई स्थानीय सरकारसँग समन्वय गरेर स्वास्थ्य बीमा सञ्चालन गर्ने धारणा राख्नुभयो ।
सभामा उहाँले गहनापोखरी, हाँडीगाउँ जस्ता ऐतिहासिक ठाउँलाई संरक्षण गर्ने समेत बताउनुभयो । लैनचौरबाट शुरु भएको विजय ¥याली रानीवारी, बसुन्धरा, धापासी, बूढानीलकण्ठ, चण्डौल, नक्साल हुँदै गहना पोखरीमा पुगी समापन भएको थियो । ¥यालीमा प्रदेश सभाका विजयी उम्मेदवार नारायणबहादुर सिलवाल र दीपक निरौलासहित एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाको सहभागिता रहेको थियो । ¥यालीका क्रममा मतदाताले महासचिव पोखरेललाई बधाई दिनुभएको थियो । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












