५ मतले पराजित भएका प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न कांग्रेसको माग
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसले तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ पुनः मतदान गर्न माग गरेको छ । कांग्रेस युवा नेता प्रदीप पौडेल वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी नेतृ आशा कोइरालासँग ५ मतले पराजित भएपछि कांग्रेसले पुनः मतदान गर्न माग गरेको हो ।
नेपाली कांग्रेसले मंगलबार एक विज्ञप्ती जारी गरेर त्यस प्रदेशसभाभित्र पर्ने विभिन्न बुथका पाँचवटा मतपेटिकामा जम्मा खसेको मतको मुचुल्कामा भन्दा मत गणनाका क्रममा ७० मत बढी देखिएका कारण धाँधली भएको दाबी गरेको छ ।
‘५ मतपेटिकामा २३२८ मत मुचुल्का गरिएकोमा मणना गर्दा २३७० मत पाइएकाले मतगणनाका क्रममा फर्जि मत मिसाइएको तथ्य स्वतः प्रष्ट भएको छ ।’ बिज्ञप्तिमा भनिएको छ, ‘कर्मचारी र निर्वाचन अधिकृतको संरक्षणमा बिधि र प्रक्रिया मिचेर धाँधली गरी ४२ फर्जी मत राखिएकोमा यसलाई नेपाली कांग्रेस अस्वीकार गर्छ ।’
कांग्रेसले म्याग्दे ७ को अमरज्योति आवि ग्यारसिंह, जनजुक्त शाही मावि ‘क’, जनजौकुमारी शाही आवि ‘क’, व्यास ५ को उदय मावि ठूलोटार ‘ख’ र म्याग्दे ४ को मीन निवाविसहित ५ मतदान केन्द्रको पुनः मतदान गर्न माग गरेको छ ।
यस क्षेत्रबाट १६ हजार ६ सय ४६ मतसहित माओवादीकी आशा कोइराला विजयी भएकी थिईन् । आशाले प्रदीप पौडेललाई ५ मतले पराजित गरेकी थिईन् । पौडेलले १६ हजार ६ सय ४१ मत पाएका थिए ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











