बर्दियामा समानुपातिकतर्फ काँग्रेस पहिलो, प्रतिनिधिसभातर्फ १९ हजार ८११ मत बदर
बर्दिया, २७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक मतगणना सकिएको छ । समानुपातिकतर्फ बर्दियामा नेपाली काँगे्रसले सबैभन्दी बढी मत प्राप्त गरेर पहिलो बनेको छ । दुई लाख ७२ हजार ४७७ कूल मतदातामध्ये एक लाख ९० हजार ८१२ मत खसेको मतगणना हुँदा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर काँग्रेस पहिलो बनेको हो । समानुपातिकको प्रतिनिधिसभातर्फ एमालेभन्दा १९ हजार ३६१ मतले काँग्रेस अघि छ । प्रतिनिधिसभातर्फ काँग्रसले ६६ हजार ८९ र प्रदेशसभातर्फ ६० हजार ४५० मत प्राप्त गरी सबैभन्दा बढी मत प्राप्त गरेको हो ।
एमालेले प्रतिनिधिसभातर्फ ४६ हजार ७२८ र प्रदेशसभातर्फ ४४ हजार ११४ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ ४५ हजार ६९८ र प्रदेशसभातर्फ ४४ हजार ३२८ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा तीन हजार ९४९ र प्रदेशसभामा तीन हजार ५६४ तथा विवेकशील साझा पार्टीले प्रतिनिधिसभामा एक हजार ४१२ र प्रदेशसभातर्फ एक हजार २६ मत प्राप्त गरेको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र प्रजातान्त्रिक पार्टीले प्रतिनिधिसभातर्फ एक हजार २७७ र प्रदेशसभातर्फ एक हजार २७७, एकल चिह्न हँसिया ताराले प्रतिनिधिसभातर्फ ९७० र प्रदेशसभातर्फ ८७९ तथा संघीय समाजवादी फोरम, नेपालले प्रतिनिधिसभामा ९०२ र प्रदेशसभातर्फ ९८७, नयाँ शक्ति पार्टी, नेपालले प्रतिनिधिसभामा ७९२ र प्रदेशसभातर्फ ८७०, राजपा पार्टी नेपालले प्रतिनिधिसभामा ७४९ र प्रदेशसभातर्फ ७२९ मत ल्याएको छ ।
बर्दियामा समानुपातिकको प्रतिनिधिसभातर्फ १९ हजार ८११ मत बदर भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा ११ हजार ३७७ मत बदर भएको छ । यस्तै प्रदेशसभा १ क मा सात हजार ३९ र प्रदेससभा १ ख मा एक हजार आठ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी देवराज भारतीले जानकारी दिनुभयो । प्रदेशसभा २ क मा ६ हजार ९६२ र प्रदेससभा २ ख मा ६ हजार ५३९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी इन्द्रकुमार कार्कीले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












