धुर्मुस-सुन्तलीको ‘विश्वले चिन्नेछ नेपाल’ परियोजनाको निर्माण कार्य सुरु
ललितपुर, २७ मंसिर । धुर्मुस-सुन्तली फाउण्डेशनले घोषणा गरेको अब विश्वले चिन्नेछ नेपाल परियोजना बिधिवत रुपमा सुरु भएको छ । ललितपुरको लेले स्थित खावा डाँडामा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको परियोजना अन्तर्गत ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ परियोजना आजबाट सुरु भएको हो ।
परियोजना प्रारम्भिक चरण अन्तर्गतको सर्बेको काम सुरु भएको धुर्मुस सुन्तली फाउण्डेशनलदे जनाइको छ । नेपाल ईन्जिनियर्स एसोसियसनले प्राबिधिक सहायता गर्नेगरी एसोसियसनका उपमहासचिव एवं जियोकम ईन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक ईन्जिनियर रबि भुषण झाको नेतृत्वमा आर.आर.पि. सर्बे कन्सल्टस् प्रा.लि.का प्रभास श्रेष्ठको समन्वयमा आजबाट सर्बेको काम सुरु भएको हो ।
नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले पत्राचार गरेबमोजिम ट्रोपोग्राफिकल सर्बे, डि.पि.आर. र ई.आई.ए.को काम सुरु गर्न लागिएको हो । नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पहिचान दिलाउने, नेपालको भाषा संस्कृती रितिरिवाज भेषभुषा मौलिकताको संरक्षण गर्ने, एक सुन्दर पर्यटकिय गन्तब्य एवं सम्पुर्ण जातजातिको साझा फुलबारी, बिश्वको एउटा अध्ययन केन्द्र तथा हिमाल पहाड तराई जोड्ने राष्ट्रिय सद्भावको परियोजना बनाउने धुर्मुस सुन्तली फाउण्डेशनको योजना रहेको छ । साधै यो कार्यमा सहयोग गर्ने सबैमा धन्यवाद दिएका छन् ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...












