कांग्रेसको सहयोगमा चुनाव जितेका बाबुरामले खिचे रुखको फेदमुनी ‘सेल्फी’
काभ्रे, २७ मंसिर । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका डा. बाबुराम भट्टराई सुटुक्क काभ्रे पुगेका छन् । चुनावी धपेडीबाट मुक्त हुन नयाँशक्ति पार्टीका संयोजक समेत रहेको डा. भट्टराई सुटुक्क काभ्रे पुगेका हुन् ।
वामगठबन्धनका कारण गोरखा–२ को चुनाव निकै प्रतिस्पर्धात्मक बनेपछि भट्टराई गोरखा–२ बाट बाहिर निस्कन सकेका थिएनन्। झण्डै ७ हजार मतान्तरका साथ विजय हासिल गरेका भट्टराई आम मतदातालाई धन्यवाद दिएसँगै काभ्रे पुगेका हुन् ।
भट्टराईको साथमा नयाँशक्तिकी नेतृ समेत रहेकी पत्नी हिसिला यमी, छोरी मानुषी यमी भट्टराई र ज्वाईं जेकेन्द्र श्रेष्ठ समेत छन्। भट्टराईले त्यहाँ पुग्दा किताव सँगै लगेका छन् । चौतारो मुनि बसेर पढिरहेका भट्टराईको हातमा ‘सेभेन ह्याभिट्स अफ हाइली इफेक्टिभ पिपल’ नामको पुस्तक छ। त्यो पुस्तक मन्द मुस्कानका साथ पढिरहेका छन् उनी।
नेपाली कांग्रेसको सहयोगमा चुनाव जितेका भट्टराई रुखको चौतारोमुनि बसेर खिचिएको फोटो पनि निकै अर्थपूर्ण लाग्छ। चुनावी परिणामबाट भट्टराई खुसी हुनु स्वभाविक हो। उनीहरुले पनि विन्दास मुडमा रहेर तस्वीर खिचाएका छन्।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











