आफ्नै भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि १५ वर्षीय किशोरद्वारा आत्महत्या
एजेन्सी, २८ मंसिर । भाउजुसँग जबर्जस्ती बिहे गराईदिएपछि भारतमा एक १५ बर्षका किशोरले आत्महत्या गरेका छन् । भारतको बिहार राज्यको गयामा विनोवा गाउँका १५ वर्षीय किशोर महादेव दासले आत्महत्या गरेका हुन् ।
भारतीय संचारमाध्यमका अनुसार दास स्थानीय सरकारी विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । परिवारका सदस्यले उनको बिहे २५ वर्षीय भाउजुसँग गराइदिएपछि बिहेकै रात उनले आत्महत्या गरेका हुन् ।
मृतकका पिता चन्द्रेश्वर दासका अनुसार जेठो छोरा सन्तोषको मृत्युपछि विधुवा बुहारी रुवीदेवीको विवाह महादेवसँग गराइएको हो । सन्तोषको मृत्युपछि राहतस्वरुप पाएको ८० हजार रुपैयाँ बुहारी रुवीको माइतीपक्षले माग्दै आएका थिए । माइती पक्षले या त राहत रकम दिनुपर्ने या अर्को छोरासँग रुवीको बिहे गराइदिनुपर्ने भन्दै लगातार दबाब दिएपछि देवर–भाउजुको बिहे गराइदिने निधो गरिएको चन्द्रेश्वरले बताए ।
‘छोरा महादेवले भाउजुसँग बिहे गर्न मानेको थिएन,’ पिता चन्द्रेश्वरले भने, ‘तर परिवारले दबाब दिएपछि उसले बिहे गरेको थियो, बिहेकै रात आत्महत्या गरेछ ।’ प्रहरीले कानुनतः उमेर नपुगि विवाह गराइएको सम्बन्धमा कानुनी कारवाहीका लागि प्रक्रिया अघि बढाएको बताइएको छ ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












