अब देशभर १३५ मन्त्री हुने, केन्द्र र प्रदेशमा कति-कति मन्त्री ?
काठमाडौं, २८ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । अब मुलुक संघीय गणतान्त्रिक परिवेशमा गएपछि पहिलो पटक नयाँ संरचना अनुसार सरकार गठन हुनेछ । केन्द्र र प्रदेशमा गरी थरीका सरकार हुनेछन् । भने स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिले पनि स्थानीय सरकार सञ्चालन गरिरहेका छन् ।
विगतको ईतिहासलाई समाप्त गर्दै नयाँ संरचना र परिवेशका आधारमा सरकार गठन हुनेछ । राजनीतिक संक्रमणकालको फाईदा उठाउँदै जम्बो मन्त्रीपरिषद् गठन गर्दै आएका दलहरुलाई अब भने संविधानले नै बन्देज लगाएको छ । केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रीमण्डल बनाउन सकिने प्रावधान संविधानमा उल्लेख गरिएको छ । जसका कारण अब भने दलहरुको मनलाग्दी प्रवृति हट्नेछ ।
अहिले रहेको ३० वटा मन्त्रालयलाई मर्ज गरेर सानो आकारमा बनाईछ । त्यसको गृहकार्य भईरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय मर्ज गर्ने जिम्मेवारी नयाँ सरकारलाई छाड्ने भएका छन् । मन्त्रालय एक–अर्कामा मर्ज गर्ने विषय नयाँ सरकार गठनपछि कार्यान्वयन हुने भएकाले त्यसबारे कुनै निर्णय नहुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
सरकारले अत्यावश्यकबाहेक अन्य निर्णय गर्न नचाहेको उनले बताए । ‘संविधानले नयाँ बन्ने मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुने व्यवस्था गरेको छ, अहिले रहेका मन्त्रालयमध्ये कुन कहाँ गाभ्ने र जम्मा कति मन्त्रालय राख्ने नयाँ सरकारको विषय हो,’ परियारले भने । अहिले ३० मन्त्रालय छन् भने ६४ सदस्यीय मन्त्रिपरिषद् छ ।
नयाँ सरकारका मन्त्रालय कस्ता ?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका केही उच्च सरकारी अधिकारीले भने सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रस्तावको आधारमा अहिलेकै सरकारले नयाँ मन्त्रालयको संख्या र संरचना घोषणा गर्न सक्ने बताएका छन् । सरकारले प्रस्ताव गरेका नयाँ मन्त्रालयहरुमाः
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
अर्थ तथा योजना मन्त्रालय
रक्षा मन्त्रालय
जलस्रोत तथा ऊर्जा मन्त्रालय
उद्योग, वाणिज्य, आपूर्ति तथा श्रम मन्त्रालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालय
गृह मन्त्रालय
परराष्ट्र मन्त्रालय
वन, विज्ञान तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
महिला, सामाजिक न्याय तथा संघीय मामिला
शिक्षा तथा सञ्चार मन्त्रालय
पर्यटन, नागरिक उड्डयन तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
१५ मन्त्रालयको प्रस्तावतत्कालीन सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत नेतृत्वको अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले केन्द्रीय सरकारमा १५ मन्त्रालय राख्ने प्रस्ताव गरी मन्त्रिपरिषद्मा पठाएको थियो । उक्त प्रस्ताव अहिले पनि मन्त्रिपरिषद्को प्रशासन समितिमा विचाराधीन रहेको छ ।
मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि थप अध्ययन गर्न उपप्रधानमन्त्री कमल थापा संयोजकत्वको ‘मन्त्रिपरिषद् प्रशासन समिति’लाई जिम्मा दिएको थियो । समितिका सदस्यहरूले उक्त प्रस्तावमाथि अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












