स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अवस्थामा सुधार
पाल्पा, २८ मंसिर । जिल्लामा स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने महिलाको अवस्थामा सुधार आएको पाइएको छ । महिलामा चेतनाको स्तर वृद्धि हुँदै जाँदा पछिल्लो समय स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुने महिलाको संख्या बढ्दो छ । स्वास्थ्य कार्यालयले २०६८ बाट जिल्लामा सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रमले स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने महिलालाई ठूलो सघाउ पुगेको हो ।
नेपालमा करिब ६० प्रतिशत महिला स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गरेको तथ्यांक छ भने पाल्पा जिल्लामा ८५ प्रतिशत पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । सरकारले उपलब्ध गराएको आमा सुरक्षा कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण, स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत रु एक हजार यातायात खर्च र चारपटकसम्म गर्भ परीक्षण गराउनेलाई रु ४०० प्रदान गर्न थालेपछि स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुन थालेको उहाँले बताउनुभयो ।
रामपुरकी लक्ष्मी रानाले तीन वटा बच्चा स्वास्थ्य संस्थामा नै गएर जन्माउनुभयो । “स्वास्थ्य संस्थामा नै गएर तीनपटकसम्म बच्चा जन्माउँदा यातायात खर्च एक/एक हजार र चारपटक गर्भ परीक्षण गराएको चार/चार सय रकम र बच्चा तथा आमाका लागिसमेत कपडा बुझेको छु”, उहाँले भन्नुभयो । सुरक्षित तरिकाले सुत्केरी हुन पाएपछि आमा र बच्चाको ज्यान जोखिमुक्त हुने हुँदा स्वास्थ्यमा नै गएर बच्चा जन्माउन अरुलाई पनि सल्लाह दिने गरेको लक्ष्मीले बताउनुभयो ।
जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास, ताहुँ र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसँगै २० वटा स्वास्थ्य चौकी गरी जिल्लाभरिमा कूल २५ वटा स्वास्थ्य संस्थाबाट आमा सुरक्षा कार्यक्रम लागू भइरहेको छ । यी स्वास्थ्य संस्थामा निःशुल्क सुत्केरी गराउने व्यवस्था छ । जिल्लाको मिशन अस्पताल तानसेनमा आमा सुरक्षा कार्यक्रम लागू नभए पनि त्यहाँबाट पनि सुरक्षित सुत्केरी गराउने व्यवस्था छ ।
आव २०७३/७४ को असार मसान्तसम्ममा लुम्बिनी मेडिकल कलेज प्रभासमा दुई हजार ३५९, मिशन अस्पतालमा दुई हजार ९३, रामपुर अस्पतालमा २४१, मदनपोखरा स्वास्थ्य चौकीमा ११८, ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा ८८, छहरा प्राथमिक स्वास्थ्य चौकीमा ७३ र अन्य अस्पतालमा गरी पाँच हजार ३३७ जना स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएका छन् । कार्यालयको तथ्यांकअनुसार २०७१/७२ मा छ हजार ५०० र २०७२/७३ मा छ हजार ३०० महिला स्वास्थ्य संस्थामा नै गएर सुत्केरी भएकाले जिल्लामा पछिल्लो समय मातृशिशु तथा नवजात शिशुको मृत्युदर न्यून हुँदै गएको हो । रासस
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











