नेपालका ‘माननीय’ रेशम चौधरीलाई पक्रन सुरक्षा ब्यवस्था कडा, ठाउँ ठाउँमा प्रहरीको गस्ती
कैलाली, २८ मंसिर । भूमिगत अवस्थामै चुनाव लडेर विजयी भएका रेशम चौधरीलाई पक्राउ गर्न प्रहरीले विशेष योजना बनाएको छ । टीकापुर घटनाका मुख्य योजनाकार मानिएका चौधरीलाई पक्राउ गर्न प्रहरीले व्यापक मात्रामा प्रहरी परिचालन गरेको हो । यतिबेला कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतअन्तरले विजयी भएका चौधरीलाई पक्राउ गर्न प्रहरीले सादा पोशाकमा समेत प्रहरी खटाएको छ ।
अढाई वर्ष अघि अर्थात २०७२ भदौं ७ गते टीकापुरमा स्थानीयको आक्रमणबाट दुई वर्षका एक नावालकसहित ९ प्रहरीको हत्या भएको थियो । उक्त घटनाका मुख्य योजनाकार मानिएका चौधरी अहिलेसम्म प्रहरीको फरार सूचीमा नै छन् । भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा राजपाबाट बारेसनामा मार्फत उम्मेदवारी दिएर बिजय समेत भएका चौधरीलाई अहिल प्रहरीले चारै तर्फ खोजिरहेको हो ।
लामो समयसम्म पनि पक्राउ पर्न नसकेका चौधरीलाई पक्राउ गर्ने सही मौकाको पर्खाईमा रहेको प्रहरीले यतिबेला उक्त समय भनेको छ । पक्राउ पर्ने डरले चौधरीले सांसद्मा विजयी भएको प्रमाणपत्र पनि ग्रहण गरेका छैनन् । प्रहरीले चुनावकै समयमा उनलाई पक्राउ गर्ने योजना बनाएपनि अहिलेसम्म सफल हुन सकेको छैन् ।
चौधरी अब चुनाव जिति सकेपछि जनताका घर घर जान सक्ने भन्दै प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट हालै ३४ हजार मत एवं प्रतिद्वन्दी भन्दा २१ हजार मत बढी प्राप्त गरेर बिजय भएका रेशम चौधरी टीकापुर घटनापछि नेपाल बाहिर छन ।
उनका नाममा भने जिल्ला अदालत कैलालीमा तिन वटा मुद्दा पेश गरिएका छन । चुनाव पनि लुकेरै लडेका चौधरी अब चुनाव जिते पश्चात बाहिर आउन सक्ने भन्दै प्रहरीले कडा निगरानिका साथ कहीँ कतै बाट अझ अर्को घटना नहुन दिन सुरक्षा ब्यवस्था पनि कडा पारेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेले कानुनका नजरमा रेशम चौधरी दोषी रहेकाले पक्राउ गरिने बताएका छन । ‘कानुनको नजरमा रेशम चौधरी फरार अपराधी हुन्, निर्वाचनमा जिते पनि उनलाई पक्राउ गर्न कानुनले छेक्दैन, उनलाई पक्राउ गरिनेछ ।’ प्रहरी प्रवक्ता न्यौपानेले भने । त्यस्तै कैलालीका प्रजिअले पनि रेशम चौधरी टीकापुर घटनाका योजनाकारका रुपमा आरोपी भएकाले उनलाई पक्राउ गरेरै छाड्ने दाबी गरेका छन् ।
यसअघि प्रहरी हेडक्वार्टरले पनि चौधरीलाई जहाँ भेटेपनि पक्राउ गर्न निर्देशन दिएको थियो । यता चौधरीले भने आफु उक्त घटनाको दोषी नरहेको बताउँदै आएका छन् । आफुले प्रतिनिधि सभाको निर्वाचनमा जित हासिल गरिसकेपछि नेपालको माननीय भएको भन्दै त्यसलाई कसरी लिने भन्ने कुरा राज्यको भएको बताएका छन् । ‘म नेपालको माननीय भएँ मलाई कसरी सुरक्षित अवतरण गराउने भन्ने जिम्मेवारी अब नेपाल सरकारको हो। मैले नियम कानुन मान्दै आएको छु। निर्वाचन पनि नेपालकै कानुअनुसार लडेँ र जित पनि कानुनअनुसार नै हासिल गरेको हो।’ उनले भने ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











