समानुपातिकको मत गणना अन्तिम चरणमा, ३० लाख मतका साथ एमाले पहिलो, कुन पार्टीको कति मत ?
काठमाडौं, २९ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७३ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोग जनाएको छ । यहि मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको निर्वाचनमा अहिलेसम्म ७३ जिल्लाको मतगणना सकिएको हो ।
प्रत्यक्षतर्फको मतगणना बुधबार नै सकाएको आयोगले शुक्रबार चुनावको मैझारो गर्नेगरी समानुपातिकतर्फको बाँकी गणना भइरहेको जनाएको छ । आयोगका अनुसार, ८८ लाख ५१ हजार मतको गणना सकिएको छ ।
आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, नेकपा एमालेले ३० लाख १४ हजार ४ सय ४ मतका साथ अग्रता यथावत राखेको छ । कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । कांग्रेसको पक्षमा हालसम्म २९ लाख ४१ हजार २ सय ९३ मत परेको छ ।
माओवादी केन्द्रले १२ लाख ११ हजार ९ सय ९६ मत पाएको छ । निर्वाचन आयोगका अनुसार, संघीय समाजवादी फोरम नेपालले ४ लाख २७ हजार ९८ मत हासिल गरेको छ । राष्ट्रिय जनता पार्टी, नेपाल ४ लाख ३ हजार ५ मतका साथ फोरमलाई पछ्यारहेको छ । विवेकशील साझा पार्टीले २ लाख मत कटाएको छ भने राप्रपाले १ लाख ८९ हजार ९ सय १० मत बटुलेको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












