जेलबाटै नयाँ पार्टी खोल्दै संजय साह ‘टक्ला’, राजेन्द्र महतो मधेशी नभएको दाबी
जनकपुर, २९ मंसिर । जेलबाटै राजनीतिमा हस्तक्षेप गरिरहेका पूर्व सांसद संजय साह ‘टक्ला’ नयाँ पार्टी खोल्ने तयारीमा लागेका छन् । जनकपुर वम काण्डको आरोपमा जेल जीवन विताईरहेका ‘टक्ला’ले आफ्नै नेतृत्वमा राजनीतिक दल खडा गर्ने तयारी थालेका हुन् ।
जेलमै बसेर मधेशको राजनीतिमा हस्तक्षेप गर्दै आएका ‘टक्ला’ ले राजनीतिक दल खोल्ने तयारी थालेका हुन् । ‘मधेश क्रान्ति फोरम’ नामक सामाजिक तथा सांस्कृतिक संगठन बनाएका साहले उक्त संगठनलाई राजनीतिक दलमा रुपान्तरित गर्ने भएका हुन्।
पहिलो संविधान सभाको निर्वाचनमा मधेशी जनअधिकार फोरम नेपालबाट धनुषा ४ बाट चुनाव जितेका साह दोस्रो संविधान सभाको निर्वाचनमा सोही क्षेत्रबाट जिते। तर, पार्टी भने फेरियो। फोरमबाट उनी सद्भावना पार्टीतिर लागे। सद्भावनाका वरिष्ठ उपाध्यक्षसमेत रहेका साह स्थानीय निकायको निर्वाचनसम्म राष्ट्रिय जनता पार्टीमा सक्रिय थिए। साहको सहयोगमा जनकपुर उप महानगरपालिकामा राजपाले अत्यधिक मत सहित मेयरमा विजय भयो ।
प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले साहलाई ुपेलेर गएपछिु उनी महतोको विरुद्धमा उभिए। महतोले आफूविरुद्ध षड्यन्त्र गरेर क्षेत्र कब्जा गर्न खोजेको र आफ्नो राजनीति नै समाप्त पार्न खोजेको भन्दै निर्वाचनमा साह समूहले महतोको विरोध जनायो ।
निर्वाचन सकिएलगतै साहले मधेश क्रान्ति फोरमलाई राजनीतिक दलको रुपमा अगाडि बढाउने निर्णय लिँदै दुई नम्बर प्रदेशका जिल्लाहरुमा संगठन बिस्तार गर्न थालेका छन्। बिहीवार जनकपुरधाममा मधेश क्रान्ति फोरमको विस्तारित बैठक राखेर सबै जिल्लामा संगठन बिस्तार गर्ने निर्णय भएको क्रान्ति फोरमका धनुषा संयोजक नविन यादवले जानकारी दिए ।
यादवले संगठन बिस्तारका क्रममा पहिलो चरणमा दुई नम्बर प्रदेशमा मधेश जागरण अभियान चलाइने बताए । ‘दुई नम्बर प्रदेशमा मधेशवादी शक्तिको नाममा राजपा र फोरम नेपालले भोट पाएको छ। तर, उनीहरु मधेशवादी होइनन्। उनीहरुले मधेशवादलाई बिर्सेका छन्। त्यसैले अब संजय साहको नेतृत्वमा मधेश क्रान्ति फोरमले मधेशवादको बिस्तार गर्नेछ,’ यादवले भने, ‘उहाँ जेलमा भए पनि हामी बाहिर रहेकाले संगठन चलाउँदैछौं।’
जनकपुरधाम क्षेत्रबाट लगातार दुई पटक सांसद निर्वाचित ‘टक्ला’ले निर्वाचनमा हस्तक्षेपकारी भूमिका खेलेका थिए ।जनकपुरधाम बम काण्डमा मुछिएर पुर्पक्षका लागि काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका साहलाई निर्वाचनकै समयमा सुरक्षाको दृष्टिकोणले जनाउँदै सिरहा जेलमा पुर्याईएको थियो ।
जसले गर्दा उनलाई जनकपुरको राजनीतिमा हस्तक्षेप गर्न सजिलो भयो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको दौरान उनले नेपाली कांग्रेसका नेता तथा धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका विमलेन्द्र निधिलाई सहयोग गरेका थिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












