अन्ततः रेशम चौधरीको पक्षमा बोल्यो राजपा, तत्काल प्रमाण पत्र दिन माग
काठमाडौं, २९ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका रेशम चौधरीलाई तत्काल निर्वाचित प्रमाणपत्र उपलब्ध गराउन माग गरेको छ । टीकापुर घटनामा मुख्य अभियुक्त मानेर प्रहरीको फरार सूचीमा रहेका चौधरीलाई राजपाले भने तत्काल निर्वाचित प्रमाणपत्र उपलब्ध गराउन माग गरेको हो ।
चौधरी आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । वारेसनामा मार्फत उम्मेदवारी दिएका चौधरी विजयी प्रमाणपत्र पनि वारेसनामा मार्फत नै लिन खोजिरहेको बेला निर्वाचन आयोगले भने आफै उपस्थित हुनुपर्ने बताउँदै आएको छ । प्रहरीले भने प्रमाणपत्र लिन आउँदा चौधरीलाई पक्राउ गर्ने योजना बनाएको छ ।
जनताले जिताएर नेपालको माननीय भएपनि आफुहरुको नजरमा अपराधी भएको भन्दै प्रहरीले जहाँ फेला पर्यो त्यही पक्राउ गर्ने योजनाका साथ अगाडि बढिरहेको छ । पक्राउ पर्ने डरले प्रमाणपत्र लिन नगएका चौधरीलाई वारेशनामा मार्फत दिन राजपाले माग गरेको हो ।
राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तीमा तत्काल उनलाई निर्वाचित भएको प्रमाण पत्र उपलब्ध गराउन आग्रह गरेका छन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











