सुर्ती र मदिरामा कर बढाएर गम्भीर प्रकृतिका बिरामीलाई मासिक भत्ता दिईने
काठमाडौं, २९ मंसिर । गम्भीर प्रकृतिका बिरामीले मासिक भत्ता पाउने भएका छन् । यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको छ । सरकारले मिर्गौलाको डायलसिस गराइरहेका, क्यान्सरको किमो लिइरहेका तथा स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ जीविकोपार्जन भत्ता दिने तयारी गरेको हो ।
स्वास्थ्य मन्त्रालयले भत्ताको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ । मदिरा र सुर्तीजन्य पदार्थमा केही प्रतिशत स्वास्थ्य सुरक्षा कर लगाई त्यसबाट उठ्ने रकमबाट गम्भीर प्रकृतिका बिरामीलाई जीविकोपार्जन भत्ता दिने तयारी गरिएको हो ।
क्यान्सर र मिर्गौलाका बिरामीको उपचार लामो समय गर्नुपर्ने र काम गर्न नसक्ने हुँदा सरकारले मासिक खर्च दिने तयारी गरेको स्वास्थ्य मन्त्रालयकी निमित्त सचिव डा. पुष्पा चौधरीले बताइन् । उनले भनिन्, “मन्त्रालयले प्रस्ताव तयार गरिसकेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्छौं । मन्त्रालयले चालू आर्थिक वर्षमा यसका लागि ७८ करोड रुपैयाँ बजेटसमेत छुट्याइसकेको छ ।
क्यान्सरका बिरामीले किमो नसकिँदासम्म, मिर्गौलाका बिरामीले प्रत्यारोपण नगर्दासम्म र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीले जीवनभर मासिक ५ हजार जीविकोपार्जन भत्ता पाउने मन्त्रालयका सहसचिव भोलामान श्रेष्ठले जानकारी दिए । उनले भने, “खर्चको व्यवस्थापन चुरोट तथा रक्सी बिक्रीमा थप कर लगाई गर्ने योजना छ, ।”
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












