ओली–प्रचण्ड भेटवार्ताः कांग्रेस जथाभावी नगर्न चेतावनी, एकता विरोधी कुरा नगर्न कार्यकर्तालाई निर्देशन
काठमाडौं, २९ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटबार्ता भएको छ । निर्वाचनपछिको उत्पन्न राजनीतिक परिस्थिति र नयाँ सरकार गठनबारे छलफल गर्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच शुक्रबार राजधानीमा भेटवार्ता भएको हो । भेटवार्तामा दुई नेताबीच नयाँ सरकार गठन देखि पार्टी एकिकरणका विषयमा छलफल भएको छ ।
डेढ घण्टा लामो छलफलमा दुई नेताहरुले कांग्रेसलाई भने राम्रै चेतावनी दिएका छन् । कामचलाउ सरकारले विभिन्न नियुक्ति गरेर सरकार गठनमा कानुनी बखेडा झिकेको त्यस्तै नगर्न उनीहरुले चेतावनी दिएका हुन् । यसका लागि अर्को बैठकमा दुई पार्टी नेताहरु बसेर छलफल गर्ने योजना बनाएका छन् ।
भेटवार्तामा कांग्रेस सरकारले जथाभावी नियुक्ती गर्ने देखि अनावश्यक निर्णयसम्म गरिररहेको भन्दै ‘मुकाविला’ गरेर जाने भन्ने विषयमा छलफल भएको अध्यक्ष ओलीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए । “कामचलाउ सरकारले विभिन्न ठाउँमा नियुक्ति, जथाभावी निर्णय गरेको र सरकार गठनका विषयमा पनि विभिन्न कानुनी बखेडा झिकेको विषयलाई कसरी मुकाविला गर्नेबारे छलफल केन्द्रित भयो । यस विषयमा अर्को बैठक बसेर रणनीति तय गर्ने निष्कर्षमा दुवै अध्यक्ष पुग्नुभएको छ,” उनले बैठकबारे जानकारी दिए । त्यस्तै दुवै अध्यक्षले सरकार गठनका विषयमा कानुनी बखेडा नझिक्न र जथाभावी नियुक्ति नगर्न सरकालाईलाई चेतावनीसमेत दिएको उनको भनाइ थियो ।
एकता विरोधी कुरा नगर्न कार्यकर्तालाई निर्देशन
निर्वाचन लगत्तै पार्टी एकताको प्रक्रिया अघि बढिरहेकाले एकता विरोधी गतिविधि नगर्न दुवै अध्यक्षले बैठकमार्फत कार्यकर्तालाई निर्देशन दिएका छन् । “दुवै पार्टी वामपन्थी एकताको दिशामा अघि बढिरहेको छ । यस्तो अवस्थामा दुवै पार्टीका कार्यकर्तालाई एकता विरोधी कुरा नगर्न र गतिविधि नगर्न निर्देशन दिन्छौं,” अध्यक्ष ओली र अध्यक्ष प्रचण्डलाई उदृत गर्दै संयोजक अधिकारीले भने । सरकार गठनका विषयमा थप गृहकार्य गरेर अब बस्ने बैठकले त्यसलाई टुंग्याउने भनाई अधिकारीको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












