कमल थापाले चुनावी हारको नैतिक जिम्मेवारी लिए, सच्चिएर अघि बढ्ने उद्घोष
काठमाडौं, २९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनावी हारको नैतिक जिम्मेवारी लिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम अकल्पनीय एवं अत्यन्त निरशाजनक आएको भन्दै त्यसको नैतिक जिम्मेवारी आफुले लिएको बताएका हुन् ।
राप्रपा अध्यक्ष थापाले शुक्रबार विज्ञप्ति जारी गरी मतादेशलाई शिरोधार्य गर्ने बताए् । निर्वाचनमा पराजयका बिभिन्न कारणहरु रहेको भन्दै उनले भनेका छन्, ‘पार्टी कार्यकताको अथक प्रयासका वावजुद निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी मेरो हो ।’
पार्टीको बैचारिक पक्ष एवं कार्यशैलीमा सुधार आवश्यक देखिएको भन्दै राप्रपा अध्यक्ष थापाले अब के गर्ने भन्नेमा केन्द्रिय कार्यसमिति छलफल गर्ने बताएका छन् । उनले अघि भनेका छन्, ‘संविधान जारी भएपछि भएको पहिलो निर्वाचन परिणामले मात्र राप्रपाको औचित्य, आवश्यकता र महत्व समाप्त भएको छैन र हुँदैन ।’
राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक मात्र सिट जितेको छ । अध्यक्ष थापा आफैं मकवानपुर १ मा पराजित भए । समानुपातिकमा थ्रेस होल्ड कटाउन सकेन । राप्रपा अध्यक्ष थापाले यस निर्वाचनबाट ठूलो पार्टी भएकोमा नेकपा एमालेलाई बधाई समेत दिएका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












