वाम सरकार गठनको तयारीसँगै चिनियाँ राष्ट्रपति सी नेपाल आउने पक्का
काठमाडौं, ४ पुस । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउने भएका छन् । वाम गठबन्धनको नेतृत्वमा स्थीर सरकार बन्ने निश्चित भएसँगै चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउने भएका हुन् । त्यसको लागि प्रारम्भिक तयारी सुरु भएको छ ।
आगामी मार्चमा सी विदेश भ्रमणमा निस्किँदै छन् । सोही बेला उनी नेपाल पनि आउने सम्भावना छ । चीनको परराष्ट्र मन्त्रालयले सीले भ्रमण गर्ने देशहरुको सूचीमा नेपाललाई पनि राखेको जानकारी प्राप्त भएको भन्दै वाम गठबन्धनका शीर्ष नेताहरु उत्साहित छन् ।
माओवादी केन्द्रका एक शीर्ष नेताले पनि चिनियाँ राष्ट्रपति सी आगामी मार्चमा नेपाल आउने तयारीमा रहेकाले आफूहरु त्यसको आन्तरिक तयारीमा लागेको बताए । ति नेताले भने, ‘आगामी मार्चमा सी नेपाल आउने प्रारम्भिक तयारी भइरहेको जानकारी चिनियाँ पक्षले हामीलाई गराएको छ । हामी पनि आवश्यक तयारीमा छौं ।’
चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेतृत्वबाट नेपाल भ्रमण भएमा यसले राजनीतिक र कुटनीतिक वृत्तमा ठूलो अर्थ राख्ने भन्दै वाम गठबन्धन पनि भ्रमणलाई भव्यरुपमा सफल बनाउने वातावरण निर्माणका लागि सक्रिय छ ।प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा चिनियाँ राष्ट्रपति सी नेपाल आउने तयारी थियो । तर, राजनीतिक अस्थीरतालाई कारण देखाउँदै भ्रमण रद्ध भएको थियो ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












